महानायक राजेश हमालको भ्यालेन्टाइन डे यस पटक लहानमा
Advertise Here Book Now


दिनेश्वर गुप्ता लहान, ०५ माघ । मधेश र मधेशीको कला संस्कृतिलाई राष्ट्रियस्तरमा पहिचान गराउंने उद्देश्यले लहानमा भ्यालेन्टाइन डे स्पेशल प्रोग्राम हुने भएको छ । स्पेशल प्रोग्रामको लागि केएसआर प्रोडक्सन प्रालिले आज पत्रकार सम्मेलन गर्दै भ्यालेन्टाइन डे अर्थात फागुन २ गते महानायक राजेश हमालका विशेष उपस्थितिमा लहानमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने बताएको छ । 
कला संस्कृतिलाई जगेर्ना गर्ने मुलभूत उद्देश्य रहेको यस भ्यालेन्टाइन डे स्पेशल प्रोग्राम लहानको दरबार होटलमा संचालन गरिने कार्यक्रम संचालक तथा केएसआर प्रोडक्सनका डाईरेक्टर सुजित रुचालले बताए । स्पेशल प्रोग्राममा महानायक राजेश हमालको बेजोड प्रस्तुति, राष्ट्रिय अन्तर्राष्ट्रिय कलाकारहरुबाट डान्स, सिंगिंगं तथा कल्चरल एक्सचेन्ज कार्यक्रम रहेको छ । फागुन २ गते लहानमा ६ घण्टासम्म संचालनमा रहने यस स्पेशल प्रोग्रामले यहांका कलासंस्कृतिलाई पहिचान गरि देश विदेशमा समेत चिनाउंन यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने केएसआर प्रोडक्सनका डिएसले बताए । 
भ्यालेन्टाइन डे स्पेशल प्रोग्राममा यस समाजमा भइरहेको विभेद तथा छुवाछुतलाई अन्त्य गर्न कलामार्फत सचेतना समेत जागृति गर्ने उद्देश्य रहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्