मेघा अडिसनको लागि लहानमा डान्सरहरु छनौट
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान, ३० पुष । मिथिला फिल्म प्रोडक्सन (एमएफ) काठमाण्डौंको आयोजनामा भएको सुपर डान्स प्रतियोगिताको छनौट प्रक्रिया आज लहानमा सम्पन्न भएको छ । सिरहा, सप्तरी र उदयपुरका सहभागीहरुको छनौट एक कार्यक्रमबीच लहानमा भएको छ । प्रतियोगिताको मेघा अडिसनको लागि लहानमा ३९ डान्सर सहभागी भएका थिए भने त्यसमा २६ जना छनौट भएको स्थानीय कलाकार विरेन्द्र यादव विरुले बताए । यसअघि झापा, सुनसरी र मोरंगका सहभागीहरुलाई विराटनगरमा छनौट गरिएका थिए भने जनकपुरमा धनुषा र महोत्तरीका डान्सरहरुबाट छनौट गरिएको एमएफका मनोज मैथिलले बताए । छनौट भएका १ सय २० डान्सरलाई मेघा अडिसनको लागि जनकपुरमा सहभागी गराउंने भएको छ भने लहान स्थित छनौटका जजमा दिनेश ठाकुर र एमए मिथुन रहेका थिए । छनौट भएका भिडियो क्लिप जनकपुरटुडे टेलिभिजनमा प्रसारण गर्ने भएको छ भने प्रतियोगिताको फाइनल भिडियो नेपाल वन टेलिभिजनमा प्रसारण गरिने भएको छ । यस प्रतियोगिताको लागि तीन फुड प्रोडक्टस् कम्पनीले सहयोग गर्दै आएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्