सिरहा क्षेत्र नंं १ का हरेक बडाका दलित गरिबलाई न्यानो लुगा
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान ३० पुष । साउथ एसिया फाउन्डेशन नेपालको सहयोगमा गोदावरी एकेडेमी एसोसियन र असमान नेपालले सिरहा क्षेत्र नम्बर १ का दलित गरिब वस्तीमा न्यानो लुगा वितरण गरेको छ । मधेशमा दूई सत्तादेखि कडा जाडो बढेको छ । गरिब दलितलाई जाडो छल्न सांसद प्रदीप गिरी र नेवि संघका पूर्व केन्द्रीय सदस्य मनोज कोइरालाका विशेष पहलमा सिरहा क्षेत्र नम्बर १ का ४० वटै वडामा टोपी, मौजा, कम्बललगायतको न्यानो लुगा उपलब्ध गराएको छ । सिरहाको वस्तीपुर, भगवानपुर, तरेगना, गोविन्दपुर, सखुवानन्दकारकट्टी, लक्ष्मीपुर पतारीलगायत ४० वटा वडाका दलितबस्तीमा एक हजारबढी न्यानो लुगा वितरण गरेका छन् । यसैबीच, सोही समूहले आज सगरमाथा अनाथालय लहानका बालबालिका मेरी चिल्ड््रेन एकेडेमीको होंस्टलमा अध्ययनरत छात्रछात्रालाई टोपी, मौजा र कम्बल उपलब्ध गराएको एकेडेमीका संस्थापक प्रिसिन्पल पाण्डव हमालले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्