विकासको विरोध गर्ने लहानमा कांग्रेसको बानी बनेको छ, उहांहरुलाई आग्रह छ मिलेर जाऔं ः मेयर साह
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान, १३ माघ । लहान नगरपालिकाका मेयर मुनी साहले ‘नगरस्तीय र वडागरी हरेक वडामा जनसंख्या तथा भौगोलिक दृष्टिले बजेट विनियोजित गरिएको’ बताउंनुभयो । आज लहान नगरपालिकाले पत्रकार सम्मेलनमा बजेट सार्वजनिक गर्दै मेयर साहले ‘म विकास कामलाई प्राथमिकता दिन खोज्दा जहिले पनि कांग्रेसले विरोध गर्दै आएको छ । र, अहिले संघीय समाजवादी फोरम पनि कांग्रेसीको पछिपछि लागेको छ ।’‘ म त भन्छु सबै मिलेर जाऔं, लहानलाई सुन्दर नगरी बनाऔं ।’ बताउंनुभयो ।कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर गुप्ताले हामीले पनि विकासका कल्पना गरिएका संग्रहालय, चिडियाखाना, डिजिटल युग अनुसारको प्रविधिहरुको स्थापना गर्ने जुन लक्ष्य लिएको हो त्यो सराहनीय र महत्वपूर्ण रहेको बताउंनुभयो ।
सिरहाको लहान नगरपालिकाको पहिलो नगरसभाले आर्थिक बर्ष ०७४।०७५ का लागि रु.१ अर्ब ४७ करोड भन्दा बढीको बजेट बिनियोजित गरेको छ । नगरसभाबाट पारित नीति कार्यक्रम ताथा बजेटको निर्णयहरु सार्वजनिक गर्न आज विहान आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख मुनि साहले नगरसभाबाट चालु आर्थिक बर्ष ०७४।०७५ का लागि १ अर्ब ४७ करोड २७ लाख ४० हजार ३२७ रुपैयाको बजेट पारित भएको जनाए । नगरप्रमुख साहका अनुसार आयतर्फ आन्तरिक श्रोतबाट १० करोड ४४ लाख ९३ हजार ३ सय २७, राजस्व बाँडफाँड (रजिष्टेशन तर्फ) बाट १ करोड, अन्य आयबाट १२ करोड नेपाल सरकारबाट ५८ करोड ३१ लाख ४७ हजार, प्रदेश सरकारबाट ४ करोड २० लाख, नेपाल सरकारबाट विशेष अनुदानबाट ४० करोड, सडक बोर्डबाट ५५ लाख, इएफएलजीबाट ४६ लाख, जनसहभागिताबाट ३० लाख र बैंक तथा दातृ निकायबाट २० करोड गरी रु.१ अर्ब ४७ कारेड २७ लाख ४० हजार ३२७ रुपैयाँको अनुमान गरिएको छ । यस्तै व्यय खर्चतर्फ २७ करोड ४४ लाख १३ हजार, सेवा खर्चतर्फ ५ करोड ३७ लाख ३५ हजार ५ सय, वित्तीय व्यवस्थापनतर्फ ५ लाख, निर्माणतर्पm ५ करोड करोड ९० लाख १५ हजार, समाजिक निर्माण खर्चतर्फ १ अर्ब ८ करोड ५० लाख ९१ हजार ८ सय २७ रुपैयाँ बिनियोजन गरिएको नगरप्रमुख साहले पत्रकार सम्मेलनमा जानकारी दिए । नगरसभाले लहान नगरपालिकाभित्र घण्टाघर, नगरसभा हल, डिजिटल वाचनालय, वा संग्रहालय, टाउन प्लानिङ, चिडियाघर,पूरानो बजारलाई स्मार्ट सिटीमा परिणत गर्नेसँगै नयाँ बजार र चोकका बजारहरुलाई आकर्षक बजारमा परिणत गर्ने योजना पारित गरेको जनाइएको छ ।
यस्तै लहान नगरको नमुना सडक निर्माण, लगभग १७ देखि १८ किलो मिटरसम्म कालो पत्रे र कच्ची सडकमा ग्राभेल गर्ने, बृद्धआश्रम सेफ हाउस, दलित, गरिब बिपन्नलाई घरबाटो प्रमाणित सेवा शुल्कमा ५० प्रतिशत छुट दिने जस्ता जनप्रिय निर्णय लिइएको प्रमुख साहले बताए । उता, कांग्रेस र संघीय समाजवादी फोरमले अलगै पत्रकार सम्मेलन गरेर बजेटको अपव्याख्या गरेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्