शहीद रमेश महतोको बलिदानीमाथि नेताको घोटाला – जागिर लगाएर तलब दिएनन्, एतीसम्म गरे
Advertise Here Book Now

माघ ५ । ११ वर्षअघि आजकै दिन तराईरमधेसका जिल्लाहरुमा आगो बलेको थियो । सिराहाको लाहानमा चलेको गोलीबाट तत्कालीन स्कुले बालक रमेश महतोको ज्यान गएसँगै दर्जनौं सवारी साधनमा आगजनी भयो । र, त्यहीँबाट तराईरमधेसका प्रायः सबै जिल्लाहरु आन्दोलनमय बने ।  त्यसबेला भर्खरै जारी गरिएको अन्तरिम संविधानप्रति तीव्र असन्तुष्टि जनाउँदै काठमाडौंमा संविधान जलाउने उपेन्द्र यादवसहितका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेपछि शुरु भएको मधेस आन्दोलनको पहिलो शिकार लाहानस्थित मनकामना स्कुलमा कक्षा ९ मा अध्ययनरत रमेश महतो ९१७० भए ।
तर, तिनै रमेश महतोका परिवारजन भने नेताहरुप्रति असन्तुष्ट बनेका छन् । महतो परिवारको आरोप छ, ‘नेताहरु रमेशको नाम लिएर लखपति मात्रै भएनन्, आफ्नो राजनीतिको भर्‍याङ बनाएर मधेसलाई पतनको बाटोमा पुर्‍याए । २ माघमा साविकको मझौरा ५ ९हालको नवराजपुर गाउँपालिका ३० स्थित घरमा पुग्दा रमेश महतोकी आमा रानोदेवी र काका श्रीचन्द घर बाहिर बसेर कुराकानी गरिरहेका थिए । पत्रकार भएको थाहा पाउनासाथ रानोवेदीले गुनासो पोखिन्, ‘थुप्रै पत्रकार मेरो घरमा आए, तर परिवर्तन के भयो ? त्यसपछि उनले जेठी बुहारीलाई रमेशको तस्वीर ल्याउन अह्राइन् र छोराको तस्वीर हेरेपछि कुराकानी गर्न तयार भइन् । कुराकानीका क्रममा रमेशकी आमाका आँशु थामिएनन् ।

बोलाउँछन्, फिर्ता गर्छन्

रमेश शहीद बनेपछि नेताहरुले खासै कुनै मतलव नराखेको महतो परिवारको गुनासो छ । शुरुमा त ‘यो गर्छु, त्यो गर्छु’ भन्दै विभिन्न आश्वासन दिएको स्मरण गर्दै रमेशका काका भन्छन्, ‘मेरो परिवारका लागि मात्रै होइन, मधेस र मधेसीका लागि पनि आश्वासन मात्र बाँडे, केही गरेनन् । अघि भने, ‘रमेशको नाम जपेर नेताहरु लखपति भए, हाम्रो परिवार र मधेस जस्ताको त्यस्तै छ ।रमेशकी आमाका अनुसार नेताहरुले विभिन्न कार्यक्रममा बोलाउँछन् । तर, कार्यक्रम सकेपछि कुनै मतलव नै राख्दैनन् । खासगरी प्रत्येक माघ ५ गते आफूलाई बोलाउँछन्, तर एउटा चादर ९दोसल्ला० ओढाउनुबाहेक केही गरेका छैनन् ।

छोराको तलव दिएनन्, लिएको पैसा फिर्ता गरेनन्

नेताहरुले शुरुमा त रमेशको परिवारका सबै बालबालिकालाई निःशुल्क पढाउँछु भनेका थिए । तर, अहिले आफैं पैसा तिरेर पढाउनुपरेको परिवारको भनाइ छ । रमेशका जेठा भतिजा सञ्जीव कक्षा ८ र कान्छा सतिश कक्षा ५ मा अध्ययनरत् छन् । जनकपुरमा राखेर आफ्नै पैसामा उनीहरुलाई पढाइरहेको रानोदेवीले बताइन् । रमेशकी भतिजी सुलैना अहिले ११ कक्षामा अध्ययनरत् छिन् । उनको पढाइको सबै खर्च भने डा। पशुपति चौधरीले व्यहोरिरहेको महतो परिवारको भनाइ छ ।महतो परिवारका अनुसार नेताहरुले निःशुल्क पढाइदिने आश्वासन दिएर हात झिक्ने काम मात्रै गरेका छैनन्, रमेशका दाजुलाई जागिर लगाइदिए पनि तलब नै पाएनन् ।फुलबरियास्थित मावि ९जसलाई रमेश महतो नामाकरण गरिएको छ० मा रमेशका दाजु मोहनलाई कर्मचारीमा नियुक्त गरिएको थियो । तर, ६ महिनाको तलब नदिई हटाइएको छ ।

‘शुरुमा पैसा दिन आलटाल गरियो, कहिले पाँच सय त कहिले एक हजार दिइयो’ आमा रानोले भनिन्, ‘६ महिनासम्म तलब नदिएपछि छोराले बाध्य भएर जागिर छाड्यो । नेताहरुले दिएको धेरै आश्वासन कपटीपूर्ण भएको सम्झिन्छन् , शहीद रमेश महतोका परिवार । ‘परिवारका व्यक्तिहरुलाई जागिर पनि दिने आश्वासन उनीहरुले नै दिएका थिए, तर खोई कसलाई दिए जागिर रु’ रानोदेवी प्रश्न गर्छिन्, ‘घरमा छोरा, बुहारी सबै पढेका छन्, तर घरैमा वेरोजगार भएर बसिरहेका छन् । आश्वासन दिएर पूरा नगर्ने मात्र नभई रकम तिराएर पनि फिर्ता नदिएको उनको आरोप छ । ‘रमेशका नाममा रु १० लाख दिए पनि नेता राजलाल यादवले रमेशका नाममा बनेको विद्यालयमा ? एक लाख दिन भनेका थिए’ उनी भन्छन्, ‘पछि राजलालले फिर्ता गर्ने आश्वासन दिएका थिए । तर, हालसम्म ६० हजार मात्रै फिर्ता गरेका छन् । राजलालले ४० हजार तिर्न बाँकी छ । नेताहरुले यति मतलवी भए कि अहिलेसम्म आफ्नो परिवारलाई शहीदको प्रमाणपत्रसमेत उपलब्ध नगराएको महतो परिवारको गुनासो छ ।

स्मारकतर्फ ध्यान पनि सिजनमै

शहिदहरुको बलिदानी खेर गइरहेको महतो परिवारको निष्कर्ष छ । लाहान चोकमा रहेको सहिद स्मारकले पनि त्यही बताउँछ । यो स्मारकमा प्रत्येक वर्ष माघ लागेपछि सरसफाइ गरिँदोरहेछ । २ माघमा लहान चोकमा पुग्दा यो स्मारकको सरसफाई केही मजदूरहरुले गरिरहेको पाइयो । माघ ५ गते बलिदानी दिवस मनाउनका लागि मात्रै सरसफाइ गर्ने गरिएको स्थानीयहरुले बताएका छन् । ०६३ सालयता प्रत्येक माघ ५ गते मधेसवादी दलका नेताहरु यही स्मारकमा आएर माल्र्यापण गर्दै छुट्टाछुट्टै कार्यक्रमको आयोजना गर्ने गर्छन् ।

छोराको पार्टी छाडिन्न, नेताहरुवीच एकता होस्

नातिनीलाई काखमा लिएकी रोनोदेवीले रमेशको फोटो काखमा च्याप्दै भनिन्, ‘मेरो छोराले दिएको वलिदानीको उपलब्धि के भयो त रु मैले त केही भएको देखेको छैन ।आफ्नो छोराको वलिदानीले फोरम स्थापित भएको भन्दै अघि भनिन्, ‘मेरो छोराको वलिदानीले परिवर्तन ल्याउँछ भन्ने आशा थियो । मेरो छोराले वलिदानी दिएको छ, कुनै न कुनै परिवर्तन हुन्छ भनेर भन्ने गर्थें । तर, अब भन्ने ठाउँ रहेन ।
नेताहरुले नै आन्दोलनबाट जन्मिएको फोरमको साख बचाउन नसकेको गुनासो गर्छन् उनका काका चन्ददत्त । महतो परिवारको गुनासो यति मात्रै छैन । तेस्रो मधेस आन्दोलन हुँदा नेताहरुले नै पेट्रोल, डिजेल भारतबाट ल्याएर काठमाडौं पुर्‍याएको आरोप पनि छ । ‘मैले बारम्बार यस्तो काम नगर्नुस् भनें, तर उनीहरुले छाडेनन्’ रमेशका काकाले भने । मधेस आन्दोलनबाट जन्मिएको फोरममा आएको टुटफुटले पनि उनीहरुलाई अक्रोसित बनाएको रहेछ ।

‘रमेशसँगै थुपैको बलिदानीपछि मधेसबाट मधेसीले जितेर गएपछि काठमाडौं थर्कमान भएको होइन ?’ रमेशका काका श्रीचन्दले प्रतिप्रश्न गरे, ‘तर आन्दोलनपछि उदाएको फोरम बारम्बार फोड्ने को हो रु त्यही नेताहरु होइनन् १ नेताहरुको व्यक्तिगत स्वार्थ नै मधेस अधिकारको बाधक भएको बुझाइ छ, उनको । मधेस पतनको बाटोमा रहेको भन्दै उनले फोरम र राजपा मिलेर एउटै पार्टी नबनाएसम्म र नेताहरुले एउटै स्वर नबोलेसम्म केही हुन नसक्ने बताए । जति नै गुनासो भएपनि रमेश महतोको परिवारको माया फोरमप्रति कायमै रहेछ । कुराकानीको अन्त्यमा रमेशकी आमा रानोदेवीले भनिन्, ‘छोराले जन्माएको पार्टीबाट कसरी अलग हुन सक्छु ? यत्ति हो, नेताहरुले पनि राम्रो काम गरुन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्