धुर्मुस–सुन्तली फाउन्डेशनद्वारा सिरहामा कम्बल वितरण (फोटोफिचर)
Advertise Here Book Now

राम नारायण पंडित/मुकेश यादब, सिरहा, २८ पौष । सिरहा सहित तराईमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण प्रभावित भएका दलित बस्तिमा धुर्मुस–सुन्तली फाउन्डेशनले कम्बल वितरण गरेको छ ।
फाउन्डेशनले गोलबजार नगरपालिका १० धोवियाधार र धनगढीमाई नगरपालिका १३ भर्लेनीमा रहेको मुसहर बस्तीमा जाडोबाट जोगिनका लागि आज (शुक्रबार) कम्बल वितरण गरेको हो । 
गोलबजार नगरपालिका १० मा ६० परिवार मुसहर र धनगढीमाई नगरपालिकामा १३ मा १ सय मुसहर तथा असहाय परिवार गरी कूल १ सय ६० परिवारलाई प्रतिपरिवार १ थानका दरले कम्बल वितरण गरिएको धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष तथा हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले बताए ।
धुर्मुसले कम्बल वितरण गर्ने क्रममा ‘भूकम्प, बाढीपहिरो, शीतलहर जस्ता प्रकोपका बेला तराई, पहाड, हिमाल सबैलाई एकै ठाउँमा जुटेर आपसमा सहयोग गुर्नपर्ने’ बताए । धुर्मुस सुन्तली फाउन्डेसनले सञ्चालन गरेको ‘न्यानो वितरण’ कार्यक्रमका लागि गैरआवासीय नेपाली संघ ‘नेपालीको लागि नेपाली’ (एनआरएन आरसीसी चाइना) ले कम्बल उपलब्ध गराइएको समेत उनले बताए । 
चिसोका कारण गाउँका अधिकांश बालबालिका र वृद्धवृद्धा बिरामी परेको बेलामा कम्बल वितरण गरेर बिर्सनै नसकिने गुन लगाएको’ भन्दै मुसहर समुदायले धुर्मुसप्रति आभार प्रकट गरे ।
कम्बल वितरण कार्यक्रममा गोलबजार नगारपालिका –१०, वडा अध्यक्ष देवनारायण महतो तथा धनगढीमाई नगरपालिकाका वडा नम्बर १३ का अध्यक्ष सूर्यमान लामाको उपस्थिति रहेको थियो । 
हालसम्म सिरहामा शीतलहरका कारण ७ जनाको ज्यान गएको छ ।



Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्