कान्छो मेयर बरबरियाको बिशेष पहलमा न्यानो कपडा वितरण
Advertise Here Book Now


जनकपुरधाम, २५पुस ।
धनुषाको शहिदनगर नगरपालिकामा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।
सोमबार नगरपालिकाका मेयर उदय कुमार बरबरियाको विशेष पहलमा विभिन्न नगरपालिका तथा गाउँपालिका गरी जम्मा ६ सय ३० वटा कम्बल वितरण गरिएको हो ।
नेपाल सरकार तथा बेलायत सरकारको सहयोगमा संचालित सामुदायिक विकास कार्यक्रम अन्तर्गत र जिल्ला विपद व्यवस्थापन समिति धनुषाको आयोजनामा नगरापालिकाको वडा नं. १ मा ५० परिवारलाई न्यानो कपडा कम्बल वितरण गरिएको छ ।
वडा नं. १ बालाबाखरको मुसहर बस्तीमा कम्मल बितरण भएको हो ।
धनुषाकै मुखियापटटी मुसरनीया गाउँपालिकाको वडा नं. १ र २ मा १ सय ३७ वटा, शहिदनगर नगरपालिकाकै वडा नं. ९ गोठकयलपुरमा १ सय २ वटा, कमला नगरपालिकाको दुवरकोट हथलेटवामा १ सय १२ वटा र लकडमा २ सय विपन्न परिवारलाई कम्बल वितरण गरिएको हो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्