इन्टर कलेज क्रिकेट प्रतियोगितामा एभरेष्ट र पशुपति विजय
Advertise Here Book Now

फिरोज शेख , लहान २०७४ पौष २१ - 
सिरहाको लहानमा बुधबार देखि इन्टर कलेज क्रिकेट प्रतियोगिता शुरु भएको छ। लहान सिटि जेसिजको आयोजना र लहान स्पोर्ट एकेडमीको सहकार्यमा संचालित उक्त क्रिकेट प्रतियोगिताको दोस्रो दिन बिहिबार भएको दुइ खेल अन्तर्गत पशुपति आदर्श उच्च मावि र लहान एभरेष्ट कलेज ( ए ) विजय भएका छन्। बिहिबार बिहान ९ बजे एभरेष्ट कलेज ( बि ) र पशुपति आदर्श बीच भएको खेलमा पहिला ब्याटिंग गर्दै एभरेष्ट कलेजले १६ ओभर खेल्दै सम्पूर्ण विकेट गुमाई ७० रनको योगफल मात्र तयार गर्न सकेको थियो। जवाफी ब्याटिंग गर्न आएको पशुपति आदर्शले ८ ओभर खेल्दै ५ विकेटको क्षतिमा ७१ रन बनाइ जित हात पारेका छन् । यसै बीच दोस्रो खेल एलएमसी कलेज र  एभरेस्ट कलेज ( ए ) बीच भएकोमा एभरेस्ट कलेज (ए )ले पहिला ब्याटिंग गर्दै २० ओभर खेल्दै १६० रन बनाएकोमा जवाफी ब्याटिंग गर्न आएको  एलएमसी कलेजले १२७ रन मात्र बनाउन सकेकोले एभरेस्ट कलेज ( ए ) ३३ रनको फराकिलो अन्तरले जित हात पारेका छन्। आज शुक्रबार दिनको पहिलो खेल साइपल कलेज र एभरेष्ट कलेज ( ए ) बीच हुने छन् भने दोस्रो खेल पशुपति आदर्श उच्च मावि र प्यारागन कलेज बीच हुने आयोजकले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्