पारिश्रमिक नदिएको भन्दै रेडियो मधेशकमा कार्यरत कर्मचारीहरुले गरे तालाबंदी
Advertise Here Book Now

फागुन १४ । जनकपुर स्थित रेडियो मधेश १०६.६ मेघाहर्जमा कार्यरत्त कर्मचारीहरुले तालाबन्दी गरेका छन् । ५ महिना देखि कार्यरत्त कर्मचारीहरुलाई पारिश्रमिक नदिएको भन्दै आईतबार सामुदायिक रहेको रेडियो मधेशमा ताला लगाई रेडियोको सम्पूर्ण काम ठप्प पारेका छन् ।
५ महिना भन्दा लामो समय देखि पारिश्रमिक वापतको तलब र प्राविधिकको रुपमा गरेको कामको समेत पारिश्रमिक नदिएकाले दैनिक गुजारा टार्न समस्या भएको र स्टेसन मैनेजर राजेश ठाकुरलाई सामुहिकरुपमा जानकारी गराउदाँ समेत वास्ता नगरेकाले बाध्यतावश ताला मार्नु परेको पप्पु अधिकारीले बताए । उनको ५० हजार भन्दा बढी रुपैया बाकी रहेको छ । त्यस्तै सोनाली ठाकुरले पनि विगत ३ महिना देखि २ वटा कार्यक्रम चलाउदै आई काम गर्दै आएकी छिन् तर स्टेशन मैनेजर राजेश ठाकुरले पारिश्रमिक वापतको तलब माग्दा दिने भन्ने गरेको तर कुनै वास्ता नगर्दा रेडियोको सम्पूर्ण कर्मचारीहरु मिलेर तालाबन्दी गरेको स्पष्ट पारे । यस रेडियोमा ७ जना कर्मचारीहरु कार्यरत्त छन् ।
७ जना मध्ये कसैको पनि पारिश्रमिक वापतको रकम नदिदाँ बाध्यात्मक अवस्थामा तालाबन्दी गरेको कृष्ण झाले बताए । यस रेडियोमा प्रेमराज, अभय साह, प्रताप राज लगायतका छन् । जनकपुरमा रहेका समुदायिक रेडियोहरु समेत पारिश्रमिक निर्धारण समितिले निर्धारण गरेको तलबको कार्यान्वयन नगरेर पत्रकारहरुको दोहन गर्दा पनि कसैले यस विषयमा वास्ता गरेको छैन । त्यस्तै यस रेडियोमा विगतमा पनि लामो समयसम्म विभिन्न पत्रकारलाई काम गराई पारिश्रमिक वापतको तलब नदिदाँ अधिकांश रेडियोकर्मीहरु यहाँबाट पलायन भईसकेका छन् । यस रेडियोमा काम गर्नुपूर्व काम गरेको नियूक्ति पत्र नदिदाँ कर्मचारीले बेलाबखतमा आवाज उठाउदाँ पनि सरोकारवालले वास्ता नगर्दा काम छाडेको कुरा पत्रकार ज्योति झा बताउछिन् । यसअघि पत्रकार किरण कर्ण, गोविन्द महतो, प्रिति झा, प्राविधिक चन्दन ठाकुर, राजा झा, पारसमणि ठाकुर ,बिजय लाल यादब , मंटू गामी लगायतकाहरुले काम गरे तर पारिश्रमिक भने पाउन सकेनन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्