रौतहटमा ट्याकटर दुर्घटनामा परि एक जना मृत्युु ।
Advertise Here Book Now

अमित ठाकुर ।रौतहट।फागुन १३ ।रौतहट जिल्लामा दिन प्रतिदिन सवारीहरुको चाँप बढेकोले दुर्घटनाहरु बढेका छन। अाज बिहान रौतहटको  हर्साहाबाट अाउँदै गरेको ना ३ त ३६४६ नंबरको ट्याकटर झुनखुनवा चौकमा पल्टिँदा ट्याकटरमा सवार १ जनाको मृत्यु भएको छ।हिजो बेलुकी राजदेवी नगरपालिकाका राजदेवी टोलको लगन राय यादवको भतिजोको साईत अर्थात दुरागमनमा गएको ट्याकटर अाज अाउने क्रममा  झुनखुनवा चौकमा पल्टिँदा यादवको १७ वर्षीय छोरा दिलोज कुमार यादवको मृत्यु भएको छ। ट्याकटर चालक ट्याकटर छोडी फरार भएको प्रहरी उपरीक्षक यज्ञ बिनोद पोखरेलले जानकारी दिएको छ। पोखरेलको भनाई ट्याकटर अनियन्त्रित भई मृत्यु भएको छ।मृत्यु यादवको शव पोस्टमार्टमको लागि गौर अस्पतालमा ल्याईएको छ। भने चालकलाई खोज तलास भई रहेको र घटना बारे  अनुशन्धान भईरहेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिएको छ। भने ट्याकटरमा सवार अन्य ब्यक्तिको भनाई पछाडिबाट अाईरहेको ट्रक चौकमा साईड लिने क्रममा ट्रकले ठक्कर लागि ट्याकटर दुर्घटना भएको छ। सो ट्रकलाई छानबिनको लागि राजपुर प्रहरी चौकीमा राखिएको प्रहरीले जनाएको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्