रौतहटका युवाले गरे सिरिया आक्रमणको बिरोध मर्नेहरु प्रती श्रद्धाञ्जली।
Advertise Here Book Now

अमित ठाकुर।रौतहट।फागुन १५। सिरियामा भएको बीभत्स हत्या बारे रौतहट गौरका युवाहरुले कडारुपमा एकजुट भई बिरोधका साथ साथै मैनबत्ती प्रज्वलन गरी  श्रद्धाञ्जली अर्पण गरेका छन । सिरियामा मानवअधिकार विरुद्ध भएको आक्रमणको विरोधमा गौरका यूवाहरुले संयूक्तरुपमा नेपाल लज नजिक मैनबत्ती बाली श्रद्धाञ्जली एवं शोक सभा गरेका छन् ।
मंगलबार लज नजिक बाटोमा मैनबत्ती प्रज्वलन गरि रबि कुमार गुप्ताको अगुवाइमा हार्दिक श्रद्धाञ्जली एवम् शोक सभामा परिवर्तनका गरि भने व्यापारी र युद्ध उन्माद्कहरुको आतंककारी गतिविधिले निर्दोश बालबालिका तथा सर्वसाधारणलाई आतंकित पार्दै सिरियामा गरेको बर्बर नरसंहार हमलाको छानबिन गर्न र यस्तो हमला प्रती गौरका हामी युवाहरु घोर भत्र्सना गर्दै छौ ।
त्यस्तै गौरबासीले बर्बर नरसंहारको कडारुपमा आलोचना गर्दै निन्दनिय कार्य तत्काल बन्द गरि साम्राज्यवादी सोच त्यागी शान्तिपुर्णरुपमा सर्वसाधारणलाई बाच्न दिन  बिन्ती समेत गरेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्