पत्रकार सिंहको घटना पछि प्रेस चौतारीले गरे ध्यानाकर्षण
Advertise Here Book Now








जनकपुरधाम, १९ माघ ।
दिनरात कलम चलाउँदै आफ्नो ज्यानै जोखिममा राखि भ्रष्टाचार विरुद्ध निरन्तर पत्रकारिता गर्दै आएका जनकपुरका युवा क्रियाशिल पत्रकार राजकमल सिंहले भन्सार तस्करीको भण्डाफोर गरेकाले ज्यानमार्ने धम्की दिएको हो ।
दिउसो करिव १ बजे जनकपुर भन्सार कार्यालयका प्रमुख हेम चन्द शर्मा र करारका गाडी चालक प्रकाश यादवले गालिगलौज गर्दै अपहरण गर्ने शैलिमा ज्यानमार्ने धम्की दिएको प्रति प्रेस सेन्टर नेपाल, प्रेस चौतारी र प्रेस युनियन धनुषा शाखाले प्रेस बिज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण गराएको छ ।
यसरी सामाचार संकलनको क्रममा हातपात, गालिगलौज र धम्कि दिनु प्रेस स्वतन्त्रा माथि प्रस्न चिन्ह खडा गर्नु हो । तसर्थ यस्ता निन्दायी कार्यमा संलग्न भन्सार कार्यालयका प्रमुख हेम चन्द शर्मा र करारका गाडी चालक प्रकाश यादव तथा घटनामा संलग्न अन्य कर्मचारीहरुको तत्काल सत्य, तथ्य बुझी कानुनको दायरामा ल्याई कडा भन्दा कडा कारवाहीको माग गरेका छन् । यदि हाम्रो माग प्रति सम्बन्धित निकायले कुनै कदम नचाले हामी शसक्त आन्दोलनमा ओर्लिने चेतावनी समेत प्रेस बिज्ञप्ति मार्फत दिएका छन् ।सभार मधेसपाटी

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्