सुखीपुर नगरपालिकालाई नाशा मुक्त बनाउन समिति गठन
Advertise Here Book Now


रोयाण्टर मण्डल
सिरहा / सुखीपुर नगरपालिका खुल्ला दिसा मुक्त क्षेत्र घोषण भएको २ महिना नबित्दै यहाँ युवाहरु सुखीपुर नगरपालिकालाई नाशा मुक्त नगरपालिका बनाउनका लागि सक्रिय भएको छ ।
    सुखीपुर नगरपालिकालाई नाशा मुक्त नगरपालिका
    सुखीपुर नगरपालिकामा १ सय भन्दा बढी रक्सीको पसल, ५० भन्दा बढी अबैध रक्सी भट्टी, अबैध गाजा विक्री लगायतका लागु पदार्थहरु खुल्याम विक्रीले गर्दा यहाँका सयौ युवाहरु विकृतीमा लागेकोले यस्ता युवा लगायत जाँड रक्सीका कारण गरिबी जिवन बिताउनेहरुको मध्य नजरगरी यस्तो अभियानमा लागनु परेको नगर सुधार समिति सुखीपु्रका नगर अध्यक्ष विपि भुवन यादबले बताउनुभयो ।
    उहाँले भन्नुभयो – सुखीपुर नगरपालिका खुल्ला दिसा मुक्त भयो । अब जाँड रक्सी लागायतका विकृतीलाई हटाउनका लागि यो अभियान एकदमै महत्वपुर्ण रहेको छ । हामीहरु सुखीपुर नगरपालिकाको कुनै आर्थिक सहयोग नलिन यो अभियान अगाडी बढाउने छौ । नगरपालिकाले मात्रै नाशा मुक्त नगरका लागि कानुन बनाई दियोस । यहाँ युवा आफै सक्रिय हुनेछन् । सुखीपुर नगरपालिका भित्र एउटा पनि रक्सी लगायतका नाशा सम्बन्धि पसल ाख्न नपाउने सुखीपुर नगरपालिकाले  यथासिघ्र कानुन पारित दियोस । हामीहरु तत्कालै अभियान लागने छौ ।
    सुखीपुर नगरपालिकाले पारित गर्ने कानुनको अधिनमा रही सुखीपुर नगरपालिका वडा नम्बर १० बाट यो अभियान सुरुवाट गर्ने नाशा मुक्त अभियानका संयोजक शत्रुधन यादबले बताउनुभयो ।
    सुखीपुरमा ईलाका प्रहरी कार्यालयको अगाडी गुद्री बजारमा नै विभिन्न ब्रान्डका अबैध रक्सी बनाएर बोतलमा आन्तरीक राजस्व कार्यालयको नक्कली स्टिकर बोतलमा टाँस्ने गरेको रहस्य सार्वजानिक भएको छ । सुखीपुरमा एक दशक पिहले डिस्टलरीनै बन्द भएका सगरमाथा डिस्टलरीको नाम अहिले पनि सिरहाका बजारहरुमा सो नामको रक्सी छयाप्छापी रहेको छ । त्यती मात्रै होईन  सुखीपुरमा लायन डिस्टलरी, सिद्धीबाबा डिस्टलरी, धनुषा डिस्टलरी एवं छिन्नमस्ता डिस्टलरी लगायतका नाममा नक्कली स्टिकर बोतलमा टाँसेर विभिन्न ब्रान्डका नक्कली अबैध रक्सी रक्सीहरु बनाउदै आएता पनि समन्धित निकाय मौन रहेको छ ।
सुखीपुर बजारमा मात्रै एक दर्जन भन्दा बढी अबै भट्टीमा खुल्याम विक्री वितरण हुदा पनि जिल्ला प्रशासनले प्रशासनको कुनै चासो नलिएकाले वजारहरुमा विक्रि वितरण गर्ने काम नरोकिदा अब सिह दरबार गाउँमै आएकोले नगर कानुन बनाई रक्सी पसल लगायत शरिरलाई हानी पार्ने पसलहरुलाई विक्री वितरणमा रोक लगाउनु ठोस कानुन अपनाउनु पर्ने नाशा मुक्त अभियान नगर समितिका संयोजक यादबले बताउनुभयो ।
मदिरालाई कडा बनाउन र थोरै कच्चा पदार्थवाट धेरै मदिरा उत्पादन गर्न युरिया मिसाउने गरिएको छ । युरिया मिसाएर बनाईएको मदिराले स्वास्थ्यमा नाकारात्मक प्रभाव पार्ने गरेकोले गुणस्तरहिन मदिराको प्रयोगबाट मटू तथा कलेजोमा चाडो असर पार्ने गरेको जानकारहरुले बताउनुभयो ।
सुखीपुर नगरपालिका भित्र यस्ता कार्यमा वर्षभरीमा ५० करोड भन्दा बढीको कारोबार हुने गरेको छ र यहाँका सयौँ जना मदिराको कारण दिन्हु औषधि उपचार गराउने गरेको स्वास्थ्य चौक सुखीपुरले जनाईएको छ ।
त्यसैगरी , सिरहाको कल्याणपुर नगरपालिकाको वडा नम्बर ४, ५ र ६ मा मदिरा बिक्री बितरण, भोजपुरी भाषाको अश्लिल किसिमको गीत बजाउन र बालबालिकाहरुलाई मोवाइल प्रयोगमा रोक लगाउने निर्णय गरेको हो ।

बनाउन नगर सुधार समितिका अध्यक्ष विपी भुवन यादबको अध्यक्षता बसेको बैठकबाट नगर सुधार समितिका सदस्य शत्रुधन यादबको संयोजकत्वमा १३ सदस्य समिति चयन गरिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्