तरबारको धार र आगोमा खालीे खुट्टाले हिड्छ ,उम्लदै गरेको खीर हात हालेर खीर छर्किए
Advertise Here Book Now

माघ २५ । सप्तरीको कञ्चनरुप नगरपालिका वाड नम्बर ८ स्थित कञ्चनपुरमा एउटा यस्तो पुजा भयो, सुन्दा अचम्म लाग्न छ । त्यही पुजा हेर्न विभिन्न ठाउँबाट दशौं हजार श्रद्धालुहरु पुजामा सहभागी भएका थिए । यस पुजालाई राहु पुजा पनि भन्निछ । स्थानिय रविलाल पासवानको आयोजना तथा विभिन्न आर्थिक सहयोगमा गरिएको पुजामा निःसन्तानलाई सन्तान प्राप्ति,आवाज गुमेको मानिसलाई आवाज समेत आउने गरेको, विरामीहरु समेत निको हुने जनविश्वास रहेको स्थानियहरुले बताए । सूर्य भगवानले अरु कुनै जातीसँग अर्घ नलिई पासवान(दुसाध)जातीसँग मात्र लिएको बताईन्छ । कञ्चनरुप नपामा सञ्चालित पुजामा पहिलो बाँसमा बाधेको तलवारको धारमा टेकेर उभिने, दोश्रो उम्लदै गरेको खीरको भाडोमा हात हालेर खीर चारैतिर छर्किने, तेश्रो बल्दै गरेको आगोमा हिड्ने र चौथोमा भेडालाई दाँतले चेपेर घुमाउने भेडा मरुञ्जेलसम्म नछाड्ने खेल देखाएको थियो । पूजाका विशेष आकर्षण बनेको चारवटै काम मध्ये तीन काम पुजारी छुतहरु पासवान(भगत) र भेडालाई दातँले काट्ने काम पुजारी चौहमल हरि पासवानले गरेको थियो । उक्त मेला हेर्न जिल्ला सप्तरी तथा सुनसरी र छिमेकी देश भारत लगायत विभिन्न ठाउँबाट दशौं हजार श्रद्धालुहरु राहु पुजामा सहभागी भएका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्