दूई लाखसहित घरेलु हाकिम गिरफ्तार
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान, १६ फागुन । घरेलु तथा साना उद्योग कार्यालय लहानका उद्योग अधिकृत राजेन्द्रकुमार लालकर्णलाई आज बेलुका ६ बजेर २५ मिनेटमा अख्तियार दुरुपयोग अनुसंधान आयोग इटहरीका टोलीले घुससहित पक्राउ गरेका छन् । अधिकृत कर्णलाई २ लाख रकमसहित घरेलुको आंफिसियल क्वाटरबाट पक्राउ गरिएको एसपी किसनसिंह थापाले बताएका छन् । घरेलु कार्यालय लहान अन्तरगत मेडापको सहयोगमा संचालन रहेको लघु उद्यम विकास कार्यक्रमको रकम निकासामा प्रमुख कर्णले एनजिओ संचालकसंग १० प्रतिशत कमिशन माग गरेको आरोप छ ।
कार्यालय प्रमुख कर्णका अनुसार तीन वटा संस्था मध्ये मानव अधिकार वातावरण (हुरेन्डेक) उदयपुर लघु उद्यम विकास कार्यक्रमको लागि छनौट भएका थिए । उनीहरुले ६ महिनादेखि कार्यक्रम संचालन गर्दै आएको छ भने २० प्रतिशत निकासा समेत गरिसकेको छ । कर्णले ‘ आज फोन गरेर सोही संस्थाका दूई जनाले सांझ मेरो कोठामा आए ।’ ‘उनीहरुले दूई लाख रकम छाडेर जानुभयो ।’ कार्यक्रम लगभग ६८ लाखको रहेको छ । उक्त शिपमुलक कार्यक्रम सिरहा जिल्लाभरी संचालन रहेको भनिएको छ । अधिकृत कर्ण आउंदो जेठमा अवकास पाउंने भएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्