तराईमा आज होली धूमधाम साथ यसरी मनाईयो (फोटो फिचर)
Advertise Here Book Now

जनकपुरधाम/ फाल्गुन १८
आज तराईमा धुमधामका साथ होली पर्व मनाईरहेका छन।रंग अविर लगाई एक अर्कोलाई जोगिरा सुनाएर यो पर्व मनाइने गरिन्छ।यो पर्वमा मान्छेहरु मासु,पुवा,पुरी लगाइतका पकवानहरु खाएर नाचगान गर्ने सद्भाव मायाप्रेम भाईचारा सटासाट गति मनाईने गरिन्छ।




नेपालको तराई क्षेत्र भारत संगको सिमा क्षेत्रमा परेको हुदा भारततिरको परम्पारिक रिति एवं सांस्कृतिकको ठुलो प्रभाव यश क्षेत्रका समुदाययमा परेको देखिन्छ।जसमध्ये तराईमा होलि पर्व एक विशेष मानिन्छ।




पुर्वकालमा हिरण्कश्यप नाम गरेका एक शक्तिशाली नास्तिक राजाले एक आफ्नो अटेरी गरेको मानी दन्ड दिन आगोमा जिउदै बालेर मार्न खोज्दा संगै बसेको राजाको बहिनी होलिका आगोमा बलि भस्म भईन भन्ने छोरा पहलाद चाहिँ विष्णुप्रतिको भक्तिको शक्तिले बाचेछन।त्यसर्थ त्यसदिनदेखि होलिकाको होलिको दिनलाई होलिकाको दिनलाई मागी आगो रातभरि बाल्ने र मनाउने भक्त पहलादको समर्थनमा सबै तराई मुलका बसिन्दाहरु राम्रोको नराम्रो अर्थात अन्याय अत्याचार विरुद्ध सत्यको जित भनेर दोस्रो दिन हर्सोहुल्लासकासाथ रंगको होलि मनाउने धार्मिक परम्परा बसेको हो भन्ने जनविश्वास कायमै छ।अर्को आस्था यो पनि छ कि भगवान रामले रावनलाई  मारेर आउओध्या फर्किदा सत्यको जितको प्रातिक मानेर मनाएको विजय उत्सवको दिन हो रंगको होली।

तराई होलि राजधानी काठमाडौ लगाइतका शहरहरुमा मनाईने होलि भन्दा एकदम फरक छन।तराईमा होली दुई दिन मनाउने भएको हुनाले केहि ठाउँहरुमा आज र जनकपुरधाममा भोली मनाउने भएको छ ।साथै सहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले पनि होलीकाई विशेष प्राथमिक र संस्कृती जोगाउन युवा लगायत शस्त्र प्रहरी,वडा अध्यक्ष संग प्रत्येक्ष भेटी होली मनाउने गरेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्