रौतहटमा भएको छूटा छूटै दुर्घटनामा दुइ जनाको मृत्यु ।
Advertise Here Book Now


अमित ठाकुर।रौतहट।फागुन २१। रौतहट जिल्लाको दुइ छूटा छूटै ठाउमा भएको सवारी दुर्घटनामा दुइ जनाको मृत्यु भएका छन । गौर नगरपालिका वार्ड नम्बर १ मुख्य सड़कमा भारतीय नम्बरको मलबाहक ट्रकको ठक्करबाट अज्ञात युवकको मृत्यु भएको छ । डव्लू बी २३ सी ६१८६ नम्बरको ट्रक भारतको बैरगनियावाट आउदै गर्दा ठक्कर दिएको हो । मृतकको पहिचान हुन सकेको छैन । स्थानीय प्रत्यक्षदर्शीका अनुसार मानसिक संतुलन गुमाएका युवक रहेको छ  ।कालो रंगको देखिने टी शर्ट तथा फुलपैंट लगाएको युवकको उमेर २५ वर्षको रहेको अनुमान गरिएको छ । ट्रक प्रहरीको नियंत्रणमा रहेको छ भने चालक फरार भएका छन । घटनाको सम्वन्धमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै ईशनाथ नगरपालिकाको वार्ड नम्बर ८ निवासी ३५ वर्षीय कामोध ठाकुरको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । चलाई राखेको बा ५४ प ४७१० नम्बरको मोटर साइकल अनियंत्रित भई दुर्घटना हुदा ठाकुरको मृत्यु  भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्