नेपाली फिल्म" भोर" को टिजर सार्वजनिक
Advertise Here Book Now


सय बर्ष पुरानो सति प्रथाको ऐतिहासिक कथामा आधारित फिल्म 'झोला' बनाएर चौतर्फी तारिफ र प्रशंसा बटुलेको टिमको दोस्रो प्रस्तुतीमा तयार फिल्म 'भोर' (फर्स्ट लाईट'को टिजर रिलिज भएको छ । यादवकुमार भट्टराई निर्देशित फिल्मको सार्वजनिक टिजरमा दाइजोको पीडा झल्काइएको छ । फिल्मको टिजरले नै 'झोर'लाई पनि मौलिक तथा सामाजिक कथाको फिल्मको संकेत गर्दछ ।
 
'झोला'कै ब्राण्डमा अडिएर निर्देशक भट्टराईले 'भोर'लाई अघि सारेका छन् । टिजरको सुरुवाती प्लटले त्यस्तै छनक बोल्छ । 'झोला'लाई माया दिएका कोहि पनि दर्शक 'भोर'बाट निराश हुन नपर्ने भट्टराईले दाबी गरे । सम्पुर्ण छायाँकन जनकपुरमा गरिएको फिल्ममा मुख्यतः मिथिलाञ्चलको प्रमुख ब्यथा दाइजोलाई बोल्छ । गत बर्षको छठ पर्वदेखि यो बर्षको छठसम्म लगाएर एक बर्षको लामो समय लगाएर फिल्म खिचिएको हो ।
 
 भट्टराईले निर्देशकिय डेब्यू फिल्म 'झोला'कै सेन्टिमेन्ट 'भोर'ले बोल्ने भन्दै दर्शकलाई आफ्नै गाउँ समाजको कथा लिएर आउँदै गरेको भन्दै साथ र सद्भावको अपेक्षा पोखे । आधुनिक युग बोल्दै गर्दा पनि आहिलेको समयमा सम्म दाइजोको कारण लिङ्ग पहिचान गरेर छोरीको भ्रुणमै हत्या हुने, जति पढायो उति नै बढि दाईजो दिनुपर्ने भएका कारण नारीहरु शिक्षाबाट बन्चित भईरहेका जस्ता यथार्थ तथ्य सर्वविदितै रहेको भन्दै दाइजोलाई मानव हिंसाको संज्ञा दिएका निर्देशक भट्टराईले यसलाई समाजबाट निर्मुल पार्ने महाअभियानको रुपमा 'भोर'लाई लिएका छन् ।
 
निर्माता राज तिम्सिनाले घर समाल्ने महिला नै असुरक्षित भएपछि पुरै परिवार नै लथालिङ्ग हुँदै आएको स्मरण गर्दै दाईजोले मानवतामाथि नै प्रश्न उठाईरहेकोले यीनै र यस्तै विषयवस्तुमाथी रहेर फिल्म निर्माण गरेको बताए । आगामी बैशाख २१ लाई प्रदर्शन मिति तय गरेको फिल्मको केहि दिन पहिले इोस्टर रिलिज गरिएको थियो ।
 
राजसँगै रामगोपाल थापा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता देवेन्द्र सुवेदी हुन् । मिडिया फर कल्चरको ब्यानरमा निर्माण भएको फिल्ममा रामनारायण ठाकुर, डली सरकार, प्रमेश झा, अनितारानी चौधरी, विष्णुकान्त झा, राजेश सक्सेना, बिएन पटेल, पुजा कर्ण लगायत लिड रोलमा छन् । फिल्मका सबैजसो कलाकार स्थानिय छन्, जहाँ नाट्य धुन्धुरदेखि नयाँ अनुहारसम्म अटाएका छन् ।  किसन अर्याल मुख्य सहायक निर्देशक रहेको फिल्मलाई दिपक बज्राचार्यले खिचेका हुन् । फिल्मको कथा कृष्ण धारावसीले लेखेका हुन् भने पटकथा निर्देशक भट्टराईको नै छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्