आज रौतहटमा पनि १०८ औ अन्तर्राष्ट्रिय महिला दिवस मनाईयो।
Advertise Here Book Now


अमित ठाकुर।रौतहट।फागुन २४। आज १ सय ८ औं अन्तर्राष्ट्रिय महिला दिवस रौतहट सहित विश्वभर विविध कार्यक्रम गरेर मनाइँएका छन ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा रौतहट सहित विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइन्छ ।रौतहटको गौरमा अाज अन्तर्राष्ट्रिय महिला दिवसको प्रमुख अतिथि राष्ट्रिय मानव अधिकारको प्रवक्ता मोहना अंसारी त्यस्तै बिसिष्ठ अतिथि  गौर नगरपालिकाका मेयर अजय गुप्ता, गौर नगरपालिका उप प्रमुख किरण ठाकुर राजदेवी नगरपालिका मेयर धिरेन्द्र सिंह,अतिथिमा अनिल केशरी, भरत साह राकेश झा र विभिन्न संघ संस्थाका प्रतिनिधि सहित महिला तथा बालबालिकाहरुको उपस्थिति रहेका थिए। त्यसतै विभिन्न बिधालयका बालबालिकाहरु अा अाफ्न‍ो कला सो कार्यक्रममा प्रस्तुत गरेका थिए।
नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले सहयोग गरि सो कार्यक्रममा सहभागी भएको थियो ।
महिला दिवसको अवसरमा सरकाले आज सार्वजनिक बिदासमेत दिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्