अबको शिक्षा आधुनिक र व्यवसायिक हुनु पर्दछ ः मुख्यमन्त्री राउत
Advertise Here Book Now

जनकपुरधाम, चैत १४ । मुख्यमन्त्री लालबाबु राउतले अवको शिक्षा आधुनिक र व्यवसायिक हुनु पर्ने बताउनु भएको छ। 
एन प्याब्सन प्रदेश समितिले आज जनकपुरमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री राउतले अहिलेको पारम्परिक शिक्षाले प्रदेश र देशको विकास हुन नसक्ने बताउदै आधुनिक र व्यवसायिक शिक्षा तर्फ अग्रसर हुनुपर्ने बताउनु भएको हो । 
परम्परागत शिक्षा अन्तराष्ट्रिय स्तरमा विक्न नसक्ने भएकाले अव प्राविधिक र गुणस्तरीय शिक्षा तर्फ प्रदेश सरकार अग्रसर हुन लागेकोले त्यसमा निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताउनु भयो । 
मुलुकको शिक्षामा निजी क्षेत्रको योगदान स्वागत योग्य रहेको बताउदै उहाँले गुणस्तरीय शिक्षाको लागि समेत अग्रसर हुनु पर्ने बताउनु भयो । सामुदायिक विद्यालयले मात्र शिक्षाको गुणस्तर सुधार हुन नसक्ने बताउदै उहाँले सबैले मिलेर गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने बताउनु भयो । 
शिक्षामा प्रदेश नं. २को अवस्था अझै दयनिय रहेको बताउदै उहाँले शिक्षाको ज्योति बाट टाढा रहेका दलित विपन्न परिवारका बालबालिकाका लागि प्रदेश सरकारले विशेष शिक्षा योजना ल्याउन लागेकोले त्यसमा सहयोग गर्न समेत आग्रह गर्नु भयो । 
प्रदेश नं. २ ले गरीबी र अशिक्षा विरासतमा पाएको उल्लेख गर्नुहुँदै उहाँले त्यसको अन्त गर्दै समृद्ध  प्रदेशको निर्माणको लागि सबैलाई हातेमाले गरेर अढि बढन समेत आग्रह गर्नु भएको हो । 
कार्यक्रममा समाजिक विकास मन्त्री नवलकिशोर साह, आर्थिक मामिला तथा कानून मन्त्री विजय यादव, राज्यमन्त्रीहरु योगेन्द्र राय यादव, उषा यादव, सरोज कुमार सिंह सहित एन प्याब्सनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्