सिरहामा मोवाईलबाट प्रश्नपत्र बाहिर ,बाहिर फल्याप बन्दै परीक्षामा व्यापक अनियमितता
Advertise Here Book Now



सिरहा १२ चैत– एसईई परीक्षाको तेस्रो दिन सोमबार गणित विषयको परीक्षामा सिरहामा व्यापक अनियमितता भएको पाइएको छ । जिल्लाको मिर्चैया मोहन माध्यमिक विद्यालय परीक्षा केन्द्रमा खुलेआम चिट चोरी भएको पाइएको हो । गणित विषयको परीक्षामा उत्तरको फ्याक्स नै विद्यार्थीको हात हातमा पुग्ने गरेको पाइएको छ । 
केन्द्रको बाहिरी भागमा व्यापक प्रहरी परिचालन गरिएपनि सेटिङमा चिट परीक्षार्थीसम्म पुग्ने गरेको हो । भित्र चिट भेटिएपछि एक प्रहरीले आफूहरुले बाहिरबाट केही पस्न नदिएको दावी गरे । परीक्षा अनुगमनका लागि पत्रकारहरु सो केन्द्रमा पुगेको खवरपछि परीक्षाका निरीक्षकहरुले विद्यार्थीलाई सुचना गराएर झ्याबाट वाहिर चिट फालेका थिए । तर,परीक्षा केन्द्रका केन्द्राध्याक्ष अशोक यादवले भने परीक्षा मर्यादित र शान्त बातावरणमा भएको दावी गरेका छन् । 
सो परीक्षा केन्द्रमा भेडिया मा।वि।, सगरमाथा आवासिय मा।वि।, रामपुरविर्ता माध्यमिक विद्यालय चुरेचिल्ड्रेन आवासिय मा।वि। र चन्द्रज्योती आवासिय माध्यमिक विद्यालयका तीन सय १४ विद्यार्थीहरु परीक्षामा सहभागीता रहेको छ । 
जिल्ला परीक्षा समितिले भिन्दाभिन्दै विद्यालयका विद्यार्थीलाई ‘जेड’ आकारमा राखेर परीक्षा लिन निर्देशन दिएपनि प्रायःजसो केन्द्रमा अगाडी पछाडी पारेर राखेको पाइएको छ । मोहन माध्यमिक परीक्षा केन्द्रमा भने तीन वटा आवासिय विद्यालयका विद्यार्थीलाई एकातिर र सामुदायीक विद्यालयका विद्यार्थीलाई एउटै कोठामा राखेर परीक्षा लिइएको छ । 
परीक्षा केन्द्रमा पत्रकार वर्जित 
जिल्लामा संचालित एसर्ईई परीक्षाको स्वतन्त्र अनुगन गर्न परीक्षा समितिले बन्देज लगाएको छ । जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले पत्रकारहरुलाई शिक्षा कार्यालयको अनुगमन टोलीसँगै घुम्ने व्यवस्था मिलाएको भनेपनि उनीहरुले कुनपनिै पत्रकारलाई सहभागि गरेका छैनन् । 
यता प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले भने पत्रकारलाई पास लिएरमात्र परीक्षाकेन्द्रमा जाने अनुमति दिएको बताए । तर, सिमिति पत्रकारलाईमात्र पास दिने भनेपछि जिल्लामा क्रियाशिल पत्रकारहरुले पास नै लिएका छैनन् । 
जिल्लाका ३८ परीक्षा केन्द्रमा ७५ सामुदायीक र ५७ संस्थागत विद्यालयसहित एकसय ३२ विद्यालयका नौ हजार दुई सय ८४ जना विद्यार्थी सहभागी छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्