सिरहाको ऐतिहासिक पतारी पोखरीको शिल्यानास
Advertise Here Book Now

सिरहा जिल्लाको ऐतिहासिक , धार्मिक स्थल पतारी पोखरीको प्रदेश नं २ को आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले शुक्रबार सिल्यानास गरेका छन् ।लक्ष्मीपुर पतारी गाउँपालिकाकामा पर्ने सो पोखरीको शिलान्यास गाउँ पालिकाको प्राङगनमा भव्य समारोहबीच सम्पन्न भएको गाउँ पालिकाको प्रमुख प्रशासकिय अधिकृत रविन्द्र कुमार महतले जनाए ।उनले उक्त पोखरीलाई गाउँ पालिकाले समेत प्राथमिकतामा राखेको बताए ।गाँउपालिका प्रमुख राम वल्लभ साहको अघ्यक्षतामा सम्पन्न भएको शिलाँन्यास समारोहमा अर्थ मन्त्री यादवले प्रदेशको विकासका लागि धार्मिक, साँस्कृतिक, ऐतिहासिक पर्यटकीय स्थललाई संरक्षण र सम्द्र्धन गर्नुपर्नेमा जोड दिए ।पतारी पोखरी जिर्णोधार तथा स्तर मन्दिर निर्माणका लागि आर्थिक बर्ष ०७४÷७५ गाउँसभाबाट १ करोड ५० लाख विनियोजन गरेको छ ।पोखरीलाई पर्यटकका लागि बढाउनका लागि पोखरीको बिचमा मन्दिर निर्माण , पोखरीको चारै डिलमा रोड , पार्क , महिला पुरुषका लागि शौचालय , सामुदायिक भवन , मिट्ङि हल तथा चारै तिर घाट निर्माण गरिने योजना रहेको अधिकृत महतले जनाए ।कार्यक्रममा कृषि, सहकारी तथा भूमि व्यवस्था राज्यमन्त्री योगेन्द्र यादवले स्थानीय तहबाट विकास निर्माणको कार्यलाई प्रभावकारी ढंगले अगाडी बढाउनु पर्नेमा जोडदिदै कृषि क्षेत्रको विकासका लागि सरकार विशेष कार्यक्रमहरु ल्याउने बताए ।कार्यक्रममा प्रदेश सदस्य सुनिता देवाी राम ,पूर्व मन्त्री राजलाल यादव , राज कुमार गुप्ता राजु लगायत स्थानीय बासिन्दाहरुको ठूलो सहभागिता थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्