सिरहामा विकासको लहर, धमाधम सडक निर्माण कार्य शुरु
Advertise Here Book Now




सिरहा,१७ चैत । जनप्रतिनिधि चयन भएको सात महिना नबित्दै सिरहा नगरपालिका वडा नं.–८ महिसोथाको मुहार फेरिन थालेका छन् । जिल्ला सदरमुकाम हेमनारायण चौक देखि उत्तर महिसोथा प्रवेश गर्ने मुख्य सडकसँगै गाउँभित्रका सडकहरुमा धमाधम सडक निर्माण कार्य अघि बढेको हो ।
सडक जीर्णोदार र मर्मत गर्दै आरसीसी तथा बर्षाको पानी निकासका लागि सडकको दुबैतिर नाला समेत निर्माण कार्य अघि बढाइएका छन् । महिसोथा गाउँको तीनवटा सडकमा उपभोक्ता मार्फत आरसीसी गर्ने कार्य अघि बढाइएको वडा अध्यक्ष नागे यादवले बताए ।
चालु आर्थिक वर्षमै नाला बनाउनुका साथै सकेसम्म ढक्कन पनि राखिने उनले भने,‘प्राप्त बजेटले भ्याएसम्म यसै वर्ष नभए अरु आउदो वर्षमा नालामाथि ढक्कन राखिने छन् । विस्तारै वडाका सबै सडकमा आरसीसी गरिनेछन् ।’ उपभोक्ताको साथ मिलेको दाबी गर्दै उनले निर्धारित योजनाहरुको निर्माण कार्य समयमै सक्ने विश्वास व्यक्त गरे ।
अशोक गोहिवारको घर देखि झौलि गोहिवारको घरसम्म १६ लाखको लागतमा २ सय ७० मिटर, छोटकन बरहीको घर देखि जीवछ रानको घरसम्म १५ लाख ५० हजारको लागतमा २ सय १० मिटर र रामनाथ सढोकको घरदेखि रामप्रसाद गोइतको घरसम्म १७ लाखको लागतमा २ सय ८० मटर गरी तीन वटै सडकमा उपभोक्ता समिति मार्फत आरसीसी ढलान भइरहेको ८ नम्बर वडा कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार तीनवटै सडकमा ज्ञघ फिट चौड़ाईमा आठ इन्चको आरसीसी ढलान गरिनेछ ।
वडाबासीको सहमतिमा तयार भएको योजना अनुसार आरसीसी गर्ने कार्यलाई वडाध्यक्ष यादवले भने,‘ट्याक्टर आवत जावतको भार थग्ने आरसीसीको विकल्प छैन् ।’ उपभोक्ता समितिले जुन गतिमा निर्माण कार्यलाई अघि बढाएको छ त्यस अनुसार निर्धारित समयमै काम सकिने उनको दाबी छ ।
उपभोक्ता समितिका अध्यक्ष अमित कुसियैतले वडा कार्यालयले योजना सम्पन्न गर्न दिएको समयभित्रै काम सक्ने बताए । उनले निर्माण सामग्री, मिस्त्री र मजदुरको उपलब्धतासँगै काम गर्ने मौसम राम्रो भएको हुनाले निर्धारित समयभन्दा बाहिर नगई त्यो भित्रै सडक आरसीसी गर्ने कार्य सम्पन्न गरिने दाबी गरे ।
तीनवटै सडकको आरसीसी गर्ने सुरुवातीको कार्य राम्रो गतिका साथ अगाडि बढेको हुँदा कार्यालयको साथ पाए तोकिएको समयभन्दा पहिल्यै निर्माण कार्य सकिने उपभोक्ता समितिका सचिव कल्याणी देवी दासले बताइन् । उनले निर्माण कार्यमा हुने खर्चको सम्पूर्ण कागजात प्रक्रिया अनुसार तयार गर्ने कार्य निर्माणसँगै अघि बढाई व्यवस्थित गर्ने गरेको थपिन् । उनका अनुसार कागजी प्रक्रिया बिना भुक्तानीमा समस्या आउन सक्ने प्रावधानबारे आफुलाई थाहा छन् । निर्माण कार्य सकेर तीनवटै सडकको निर्माण कार्य सकियो भने दशौं हजार बासिन्दालाई सहज हुने उनको दाबी छ ।
सडक मापदण्डभित्र खाली गराइदै
नगरपालिका तथा विभागले निर्धारण गरेको सडकको मापदण्ड मिचेर बनाइएको घर भत्काउन सार्वजनिक सूचना जारी गर्नुका साथै सूचनालाई अटेरी गर्नेको घर तथा टहरा भत्याउने कार्यलाई वडाध्यक्ष यादवले निरन्तरता दिएको छ ।
सार्वजनिक सूचनालाई अटेरी गर्दै निर्माण कार्यमा अवरोध प¥याउनेको घर तथा टहरा वडा कार्यालयबाट गएको जेसिइबीले भत्याउने कार्य गरिदै आएको उनले जानकारी गराए । कुनै व्यक्ति घर तथा हितको नाउँमा सडक निर्माण कार्यलाई रोक्न नमिल्ने उनले बताए ।
‘दुई चार जनाको घर भत्कियो भने लाखौं रकम नोक्सानी हुन्छ तर सडक निर्माण कार्य अबरुद्ध भयो भने सैकडौं व्यक्तिको करोडौं नोक्सानी र व्यर्थको सास्ती भोग्न पर्ने भएकोले सडकक्षेत्रभित्रका ठाउँ खाली गराउने अभियानलाई गति दिइएको छु,’ उनले थपे । निर्माणको क्रममा सैंकडौ घर भत्किएको उनले जनाए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्