रौतहटको गौरमा पेट्रोल पम्मबाट तेल तस्करी सुरु प्रहरी प्रमुख मौन
Advertise Here Book Now


अमित ठाकुर रौतहट चैत २७। रौतहट जिल्लाको गौरमा रहेको पेट्रोल पम्पको संचालकहरुको दादागिरी चल्न थालेका छन।मधेश अान्दोलनको समाप्ति पशच्यात गौर नगरपालिकामा रहेको पेट्रोल पम्मबाट पेट्रोलियम पदार्थहरुको तस्करी सुरु भएको थियो । तर ति पेट्रोलियम पदार्थको तस्करी अहिले सम्म समाप्त भएको छैन। यस्तो कहिले सम्म चल्ने प्रहरी प्रमुख माथि प्रशन उठ्न थालेका छन। गौरमा रहेको पेट्रोल पम्पहरुमा हजारौं हजार पेट्रोलियम पदार्थ अाउँदाको केही घण्टा पशच्यात नै पम्पमा रहने कर्मचारीहरुले तेल नै छैन भन्छन। हजारौं हजार लिटर अाएको पेट्रोल डिजल कता जान्छन त स्थानीय बासिन्दालाई सोचनै गाह्रो हुन थालेका छन। यता प्रहरी प्रमुख यज्ञ बिनोद पोखरेलले भन्दैछ यस्तो हुन‌ै सक्दैन यदि यस्तो छ भने हामी तुरुन्तै अनुगमन गर्छु। यता स्थानीय बासिन्दाले भन्दैछन पेट्रोल र डिजलको तस्करी न‌ै भई रहेको छैन भने पेट्रोल पम्पमा अाएको तेल कता जान्छन्? गौरको पेट्रोल पम्पमा अाएको तेल फेरि भारतको बिहार राज्यको बैरगनिया बजारमा जान्छन् । भारतमा नेपाल भन्दा बढी मुल्यमा बिक्री भई रहेको र नेपालमा भारत भन्दा कम मुल्यमा बिक्री भएकोले भारतबाट नेपाल अाएको तेल गौरको पेट्रोल पम्पको संचालकहरुले अलि बढी मुल्य तेल तस्करहरु संग लिई ति तस्करहरु फेरि बिहार राज्यको बैरगनियामा पेट्रोल डिजल पुर्याउने गर्दछन।कलाबजारी गरि पेट्रोलियम पदार्थ बेच्नेहरुको कहिले तह लाग्छ स्थानीयहरुको गुनासो रहेका छन।जे सुकै गर्दा पेट्रोल पम्पबालाहरुको केही न हुने स्थानीयबासिन्दाले बताउँछन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्