सिरहा क्यान द्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न फोटो सहित
Advertise Here Book Now

फिरोज शेख लहान २०७४ चैत्र २७। कम्प्युटर एशोसिएसन नेपाल महासंघ सिरहा शाखा क्यानले आइटी सेमिनार तथा शुभकामना आदान प्रदान कार्यक्रम सोमबार सम्पन्न गरेको छन्। आउदै गरेको नयाँ वर्ष २०७५ साल लाई स्वागत तथा २०७४ साल लाई विदाई र आइटी क्षेत्रमा देखिएको समस्या ,चुनौती तथा समाधानको बारेमा छलफल गर्ने उदेश्य सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ। क्यानका जिल्ला अध्यक्ष धनन्जय महतोको अध्यक्षता तथा परदेश नम्बर २ का अध्यक्ष बाल कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा सिम्रिक होटलको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा वक्ताहरुले एकआपसमा शुभकामना आदान प्रदान गर्दै आइटी क्षेत्रमा आवध संघ संस्थाहरुमा युनिटी र प्रविधिहरुको दर रेटमा एक रुपता नरेको कारण अरु जिल्ला तथा प्रदेशका विक्रेताहरुले मौकामा चौका हान्ने गरेको हुनाले युनिटी र एकरुपता हुनु अति आवशयक रहेको बताए। नेपाल राज्यभर कम्प्युटर विज्ञान एवं सूचना तथा सञ्चार प्रविधिको उपयोग, विकास, संरक्षण, संवर्धन , प्र्वान्धन र संवर्धन गर्न यस क्षेत्रको ज्ञान, सीप, प्रविधि र तालिम समय -समयमा संचालन गर्नु पर्ने कुरामा वक्ताहरुले जोड दिएका थिए।Image may contain: 2 people, including Firoj Shekh
महासंघ सँग आवद्ध कम्प्युटर विज्ञान एवं सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरत व्यक्ति, फर्म, कम्पनी, संघ, संस्था, शाखा आदिको हक, हितको सुरक्षा र सुविधा प्राप्त गराउन , देशमा सूचना तथा प्रविधिको विकास तथा विस्तार गर्न आवश्यक रणनिति तयार गर्न सिरहा जिल्लाका १७ वटै स्थानीय तहहरु संगै नेपाल सरकार संग सहकार्य गर्न विभिन्न किसिमको कार्यशाला गोष्ठी, सम्मेलन तथा कार्यक्रम गर्न कम्प्युटर एशोसिएसन नेपाल महासंघ सिरहा शाखा क्यानका पदाधिकारीहरुलाई सल्लाह सुझावहरु समेत दिएका छन्।
Image may contain: 5 people, people sitting
सन् १९९२ मा सूचना तथा संचार प्रविधिसंग सम्बन्धित व्यवसायी तथा पेशाकर्मीहरुको हक हित र संरक्षणको लागि छाता संगठनको स्थापना भएको यो संस्था सन् २०१५ मा कम्प्यूटर एसोशिएसन अफ नेपाल, महासंघको रुपमा विस्तार हुदै क्यान महासंघ नेपाल सरकार, गृह मन्त्रालय अन्तर्गत गैर नाफा मूलक गैर सरकारी संस्थाको रुपमा यो संस्था चिनिएको छ। देशको सूचना तथा संचार प्रविधिको विकास तथा विस्तारको लागि समर्पित रहदै सूचना तथा संचार प्रविधि अन्तर्गत सरकारी, गैर सरकारी तथा निजी संस्थाहरुको समेत प्रतिधित्वको रुपमा विकसित भइरहेको छन्।
Image may contain: 5 people, indoor
जिल्ला शाखा सिरहा २०६६ सालमा स्थापना भएको थियो।जिल्ला क्यान सिरहाशाखाको हाल सम्म जम्मा सदस्य सख्या ३३ जना रहेको जसमध्ये संस्थागत सदस्य १४ र व्यक्तिगत सदस्य १९ रहको छ भने जिल्ला क्यान सिरहा शाखाको हाल कार्य समिति जम्मा ९ जनाको रहेको सिरहा शाखा संस्थापक अध्यक्ष तथा क्यानका केन्द्रिय समिति सदस्य दिपेन्द्र राज सिंहले बताए।
कार्यक्रमा क्यान केन्द्रिय समिति सदस्य भुपाल दास श्रेष्ठ , ई -सेट एन्टीभाइरसका मार्केटिंग निर्देशक दिवाकर आचार्य , टेक्निकल व्यक्ति लक्षमण गिरि ,एभरेष्ट कलेजका प्रमुख धरणीधर अधिकारी , आइटी अफिसर विपिन चौधरी , मनिष कुमार कर्ण , शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेख , नियुज 24 का संवाददाता महेश सिंह , रेडियो नेपालका संवाददाता संजय विश्वकर्मा , संचारकर्मी लाल बिहारी यादव , शम्भु चौधरी लगायत कम्प्युटर एशोसिएसन नेपाल महासंघ सिरहा शाखा क्यान र आइटीमा आवध विभिन्न क्षेत्रका पदाधिकारीहरु , विभिन्न इन्सिच्युतमा अध्यनरत छात्रछात्रा लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको उद्घोषण सिरहा शाखाका संस्थापक अध्यक्ष दिपेन्द्र राज सिंहले गर्नु भएको थियो ।
Image may contain: 4 people, people standing and indoor
Image may contain: 5 people, including Firoj Shekh, sunglasses and closeup

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्