घरबाट निस्किएका पासमान,खेतबाट गायब
Advertise Here Book Now

दिनेश्वर गुप्ता नवसंग्राम दैनिक लहान, २८ चैत्त । सिरहाको विष्णपुर १ गौरीपुर निवासी एक बृद्ध घरबाट विहान आफ्नो खेतमा काम गर्न गएपछि गायब भएका छन् । आज ( चैत्त २८ गते) घरबाट विहान साढे सात बजे खेत पुगेका बर्ष ६० का लक्ष्मण पासमान अबेर रातीसम्म घर नफर्किदा गाउंमा हंगामा मचिएको छ । विष्णुपुर १ का वडाध्यक्ष गोपेन यादवका अनुसार निज पासमानलाई आज दिनभरी उनका परिवार र गाउंले खोजतलास गरेपनि हालसम्म फेला नपरेको बताएका छन् । एक स्रोतका अनुसार पासमानले काम गर्न गएको खेतको छेउमा पोखरी रहेको छ । तर, स्थानीयहरुले पोखरीमा समेत खोजतलास गर्दा उनी फेला नपरेको बताएका छन् । घर परिवारमा कुनै किसिमको विवाद समेत नभएको स्थानीयहरुको भनाई छ । पासमान काम गर्दा गर्दै गायब भएकोले गाउंभरी हंगामा मच्चिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्