मिर्चैयामा जामीया कुल्लीया तुल बनातको वार्षिकोत्सव सम्पन्न
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, २९ चैत । मिर्चैया नगरपालिका बडा नं. ५ मा रहेको जामीया कुल्लीया तुल बनातको आज (विहिवार) वार्षिकोत्सव सम्पन्न भएको छ । बार्षिकोतसबको अबसरमा आयोजित कार्यक्रममा जामीया कुल्लीया तुल बनातले बर्ष भरीको प्रगति बिबरण सार्बजनिक गरेको हो । गरीब मुस्लिम महिलाको निः शुल्क शिक्षा प्रदान गर्ने उदेश्यले जामीया कुल्लीया तुल बनातको स्थापना गरिएको संस्थाले जनाए । जमातका संयोजक हाफिज इसराईल फरिदिको अध्यक्षता तथा मिर्चैया नगरपालिकाका मेयर श्रबण यादबको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिष्ठ अतिथिका रुपमा नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र पौडेल, बडा नं. ५ का बडा अध्यक्ष धिरेन्द्र साह, नेकपा माओबादी केन्द्रका नेता लालु खान लगायतका उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थिति सम्पुर्ण अतिथिलाई सम्मान समेत गरिएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्