मटियर्वामा डोजर चल्यो
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, २४ चैत । मिर्चैया नगरपालिकाले सडक मापदण्ड भित्र पर्ने गरी अव्यवस्थित रुपले बनाईएका घरटहरा तथा पर्खाल भत्काउन सुरु गरेको हो । नगरपालिकाले बडा नं. ६ मटियर्वामा सडक फराकिलो गर्ने क्रममा सडकको दाँयाबायाँ तर्फ रहेका घरटहरा भत्काउन डोजर लगाईएको छ । सार्वजनिक सूचना जारी गरेपनि घरधनीले अटेर गरेपछि डोजर लगाएर भत्काउन सुरु गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले डोजर लगाएपछि कतिपय घरधनी आफैले घर भत्काउन सुरु गरेका छन् ।

यसअधि सडकलाई ३६ फिट फराकिलो गर्ने नगरपालिकाले तयारी गरेपनि स्थानियले बिरोध गरेपछि ३२ फिटमा सहमति भएपछि सोही अनुसार काम भईरहेको बडा नं. ६ का बडा अध्यक्ष देबकृष्ण साहले बताए । पहिलो चरणमा मुनिजी चौकदेखि पशु कार्यालयसम्मका सडकलाई ३२ फिट चौडाई गरी दुवै तर्फ साढे ३ फिटको नाला निर्माण गर्ने योजना रहेको बडा अध्यक्ष साहको भनाई रहेको छ । सडक बिस्तार गर्ने क्रममा घरटहरा र पर्खालहरु भत्काईए पनि केहि ठुला संरचना परेकाले सम्बन्धित घरधनीलाई १५ दिनको समय दिईएको बडा नं. ६ का बडा सदस्य दिलिप साहले बताए । सडक बिस्तार कार्य थालनी गरेसँगै मापदण्ड मिचिएका संरचनाहरु भत्काउने क्रम जारी रहेको उनले बताए । यहि चैत २१ गतेदेखि सुरु गरिएको कार्य २०७५ जेष्ठ मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्