कर्मचारीलाई बजेट सकाउन मेयर पासवानको निर्देशन
Advertise Here Book Now


सिरहा, १८ चैत्र । कर्जन्हा नगरपालिकामा विकास निर्माणकाे कार्य स्पष्ट तथा पारदर्शी रुपमा ताेकिएकाे समयभित्रै गर्न कर्मचारीहरुलाई निर्देश दिएका छन् ।
कर्जन्हाका मेयर गंगा पासमानले विकास गर्न यस अार्थिक मसान्तमा समय थाेरै भएकाले छिटोछरितो राम्राे काम गर्न
समय थाेरै भएकाले समयलाई ख्याल गर्दै सबै बजेट सकाउने गरि काम गर्न वडा सचिव र अध्यक्षलाई निर्देशन दिनुभएकाे छ ।
अहिले नगरभित्र काम गर्न धेरै तथा समय थाेरै भएकाले सम्पुर्ण नगरवासि तथा अाम समुदायलाई विकास निर्माणकाे कार्यमा सहयाेग गर्न अनुराेध गर्नुभएकाे छ ।
अाफुले कर्जन्हाकाे विकास गर्न लागि परेकाे र धेरै जसाे विकासका खाका हामीले तैयार पारिसकेकाे नगरपालिकाका कार्यकारी अधिकृत रमेश कुमार दासले जानकारी दिए ।
उनले भने, नगरकाे बजेट एउटा पनि फ्रिज हुदैन, अात्म विश्वास र लगनशीलताले मानिसलाई गन्तव्यसम्म पुगाउछ ।, त्यस कारण सबै वडा सचिवहरुलाई छिटै वडाहरुकाे कार्य सम्पन्न गर्न अाग्रह गरे ।
हामि जन्ताकाे प्रतिनिधि भएकाले जन्ताकै खुसि अनुसारका सबै कार्यक्रमहरु गरि रहेकाे र छिटै कर्जन्हा नगरवासिले विकासकाे सुर्य उदयभएकाे कुरा महसुस गर्ने कर्जन्हाका मेयर पासमानले विश्वास व्यक्त गर्नुभयाे ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्