समाजसेवी एबम युवा पत्रकार पटेल सम्मानित
Advertise Here Book Now


रौतहटका युवा पत्रकार अभिमन्यु पटेल युवा पत्रकारिता पुरस्कारले पुरस्कृत भएका छन् ।  रिपोर्टरस क्लब नेपालले आयोजना गरेको २० औ वार्षिकोत्सबको कार्यक्रममा पत्रकार अभिमनु कुमार पटेललाई  सम्मानित गरिएको हो।

पत्रकार पटेलको काम प्रतिभा र अनुभव प्रति खुसी जनार्इ , कमै उमेर देखी पत्रकारितामा सामिल भइ देश र जनताको पक्षमा सत्य तथ्य समाचार सम्प्रेषण गरि आम सञ्चारमा ठुलो योगदान पुर्याउनु भएको र पत्रकारिता क्षेत्रबाट माथि उठेर समाजिक कार्य बढी सराहनीय कार्य क्लिन गौर, ग्रिन गौर, नि:शुल्क स्वास्थ शिविर, बाढी, शितलहर, आगजनी लगायत अन्य पीडित असहाय व्यक्तिहरूमा खाद्यान्न, लत्ताकपडा, आर्थिक रकम सहयोग पुर्याउनु साथै कतिपय ठाउँमा अपांग बृद्ध बृद्धाको घर समेत निर्माण कार्य गर्दै आइरहेको भन्दै कार्यक्रमका अध्यक्ष ऋषि धमलाले प्रशंसा समेत गरेका थिए। उक्त कार्यक्रमका प्रमुख अतिथिका रूपमा सम्मानिय केपी शर्मा ओलि थिए ।

कार्यक्रमको अध्यक्षता वरिष्ठ पत्रकार ऋषि धमला द्वारा सु सम्पन्न भयो। उक्त कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र राजनीतिकर्मी ,अधिकारकर्मी ,पत्रकार ,राजदुत,बुद्धिजीवी जस्ता ब्यक्तिहरु उपस्तिथित थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्