राजपा ले दिए संगठन मा जाेड, संविधान संसाेधन नगरे आन्दोलन को सुनामी आउने : नेता सिंह
Advertise Here Book Now

सप्तरी , १० जेठ । राष्ट्रिय जनता पार्टी ले संगठन मजबुत पार्न गाउँ स्तरीय भेला एवं अन्तरक्रिया लाई विशेष जोड दिएका छन । हालै बलान बिहुल गाउपालिका को मौवहा गाउँमा गरिएको कार्यकर्ता भेला ले विभिन्न निर्णय गरि सार्वजनिक गरेका छन ।
उक्त भेला ले बलान बिहुल गाउपालिका को ६ वटै वडा लाई सक्रिय गर्न वार्ड कमिटी गठन गरेको छ । प्राप्त जानकारी अनुसार वार्ड न. १ मा अध्यक्ष को लागि रामेश्वर यादव, वार्ड न. २ मा गगन (अमीत) गोईत, वार्ड न. ३ मा राम बिलास यादव, वार्ड न. ४ मा विरेन्द्र यादव, वार्ड न. ५ मा सम्पैत यादव र वार्ड. न. ६ को लागि दर्शन महरान लाई अध्यक्ष पदको लागि चयन गरिएको छ ।
नेता राम विलास यादव काे अध्यक्षता मा बसेको सो बैठक ले विभिन्न गते मिति र स्थानमा कार्यक्रम लाई निरन्तरता दिने निर्णय गरेका छन । जेठ ११ गते वार्ड न. १ को सरस्वती बजार , १२ गते वार्ड न. २ को चन्ही, १३ गते वार्ड न. ३ को मौवहा हटिया, १४ गते वार्ड न. ४ को बजरङ्गबली मन्दिर, १५ गते वार्ड न. ५ को कविर बजार र १६ गते वार्ड न. ६ को सेहरा मा. बि मा कार्यक्रम गरिने जानकारी प्राप्त भएको छ। साथै सबै कार्यक्रम को समय दिउँसो १ बजे तय भएको जनाईएको छ ।
कार्यक्रम मा बोल्दै राजपा नेपाल का उपाध्यक्ष मृगेन्द्र सिंह यादव ( राज बाबू) ले भने "आउदो दिनमा राजपा ले नै मधेस लाई निकास दिनेछ । " नेता सिंह सरकार को रवैया प्रती असन्तुष्टि व्यक्त गर्दै भने "सरकार ले संविधान सन्सोधन नगरे आन्दोलन को सुनामी ल्याउछौं "

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्