धनगढीमाईले ड्रोन उडाउंदै, विकासको लक्ष्यतर्फ बढ्दै
Advertise Here Book Now

दिनेश्वर गुप्ता नवसंग्राम दैनिक लहान, १० जेठ । सिरहाको धनगढीमाई नगरपालिकाले समृद्ध बनाउन आफ्ना नगरक्षेत्रलाई नक्सांकनको लागि अत्याधुनिक प्रविधि ड्रोनको प्रयोग गर्न थालिएको छ । ‘ड्रोन क्यामेरा’को प्रयोग गरी नगरको भौगोलिक अवस्थाको तस्बिर र भिडियो संकलन गर्न थालिएको नगरपालिका प्रमुख हरिनारायण चौधरीले बताएका छन् । बुधवार ड्रोन उडाएर नगरको विभिन्न ठाउँको तस्विर र भिडियो खिच्न शुरु गरिएको उहांले बताउंनुभयो । प्रमुख चौधरीले ‘नगरभित्र कुन कुन ठाउँ कस्तो विकासको योजना आवश्यक छ, त्यसका लागि डिजिटल म्यापिङ्ग आवश्यक रहेकोले यो प्रविधिको सहयोग लिएको हो ।’ विकास र समृद्धिको लागि सञ्चार प्रविधिको प्रयोग अतिउपयोगी रहेको नगर प्रमुख चौधरीले बताए । उनका अनुसार विकासका योजना प्रभावकारी बनाउन तथ्यांक आवश्यक छ । ड्रोन उडाएर सजिलै नगरको भौगोलिक अवस्थाबारे जानकारी हुने उनले बताए । वन जंगल, पोखरी, सिँचाई, खानेपानी, ढल, सडक लगायतका योजना कुन वडामा के आवश्यकता छ । त्यस अनुसार योजना बनाउन मद्दत पुग्ने नगर प्रमुख चौधरीले बताए । उनका अनुसार जेठ १५ गतेभित्र नगरको सर्वेक्षण सम्पन्न हुन्छ । नगरभित्रको समाजिक, आर्थिक अवस्था बुझ्न नगरमा घरधुरी सर्वेक्षण पनि गरेको प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले जानकारी गराउंदै जीपीएस ट्रयाकिङ्गको माध्यमले स्मार्ट फोनको प्रयोग गरी संकलकले नगरको सम्पूर्ण घरधुरी सर्वेक्षण सहज हुने छ । उहांले ‘संकलन गरेको तथ्यांक नगरपालिकाको एप बनाएर त्यसमा राखिन्छ,’ प्रमुख प्रशासकीय अधिकृत शर्माले भने, ‘नगरको सम्पूर्ण अवस्थाबारे बुझन त्यसबाट सजिलो हुन्छ ।’ दुई सय मिटर उचाईमा गएर ड्रोनले तस्बिर र भिडियो खिच्न मिल्ने ड्रोन विशेषज्ञ प्रसन्न महर्जनले जानकारी गराए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्