मिस एण्ड मिस्टर छनौट, लैगिंक हिंसा विरुद्ध प्रदेश २ मा अभियान
Advertise Here Book Now

दिनेश्वर गुप्ता  नवसंग्राम दैनिक लहान, १० जेठ । एक शान्त वातावरणमा मिठो स्वरको धुन चलिरहेको हुन्छ ।‘जलवा.....जवाल’ म्युजिकमा एक बलिउडकी कली जस्ती लहानको एक हांलमा दर्शक र जज हेरेको हेरे भए । कतिले नेपाली चलचित्रको अर्थात हालै एक मैथिली फिल्ममा नायिका खेलेकी केकी अधिकारीको भान देखियो । तर, उनी मुम्बई न काठमाण्डौ चलचित्र उद्योगको नायिका हुन् । उनी लहानको अधिकारी हुन् । ईला अधिकारी जो आज र्याम्प शोमा टप देखियो । यसमा पनि ईलाले एक्टिगं र डान्सले आफ्नो सुन्दरतामा सुगन्ध फिजाईदियो । प्रदेश २ स्तरीय मिस एण्ड मिस्टर आईकनको सिरहा सप्तरीको लागि गरिएको अडिशनमा आज दर्जनौ युवायुवतीले र्याम्प देखायो । यसका आयोजक विशाल विष्ट र राज थपलियाले लैगिंक विभेद विरुद्धको यो अभियानलाई सशक्त रुपमा अगाडि बढाउंन प्रदेश २ को अन्य जिल्लाबाट छनौट भएकालाई असार १० गतेभित्र फाइनल प्रदर्शन हुने बताएका छन् । फाईनल अगाडि छनौट भएका कलाकारहरुलाई २० दिने तालिम दिने भएको छ ।
एक्टर तथा कोरियोग्राफी राज थपलियाले ‘मधेशी समाजमा रहेको बालविवाह, बहुविवाह, दहेजप्रथा, महिला हिंसा जस्ता घटनालाई न्यूनिकरण गर्न यो अभियान सवल बन्दै गएको छ ।’ छनौटमा ५० कलाकारलाई २० दिनमा र्याम्प, पर्सनालिटी, फिटनेश, ब्यूटीकेयर, स्पीच, टाइलेन्ट सम्बन्धी तालिम दिने भएको छ । स्थानीय आयोजक मुहमुद आलमले ‘प्रदेशका प्रतिभालाई आन्तरिक जागरण गरी नेशनल पहिचानको रुपमा स्थापना गर्न यो कार्यक्रम सार्थक हुने भएको छ ।’ आजको कार्यक्रममा लियोनार्धो दाभिन्चीले विश्वविख्यात चित्र कोरेको एक सुन्दरीको चर्चा ऐतिहासिक नै बनेको छ । सोही रुप भएकी पुजा यादवको एक्टीभिटीले दर्शक र जजलाई उच्च मूल्यांकन गर्न बाध्य पारिदियो । र्याम्प अन्तिम फाईनल जनकपुरमा हुने भएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्