वाणिज्य संघ कार्यसमिति माथि कारवाहीको मांग
Advertise Here Book Now

फिरोज शेख लहान २०७५ जेष्ठ ४ । सिरहा जिल्ला उद्योग वाणिज्य संघ कार्यसमिति माथि कारवाहीको मांग गर्दै ईलाका प्रशासन कार्यलय लहानमा व्यपारीहरुले निवेदन दिएका छन्। सोनाली जेनरल स्टोरका संचालक राम औतार शर्मा , मुन्ना कपडा पसलका संचालक रियासत लिमि र न्यु कृष्णा हार्डवेयरका संचालक अजय कुमार चौधरी द्वारा हस्तारक्षित उक्त निवेदन जस्ताको त्यस्तै - मिति २०६८ साल पौष २८ गतेमा सम्पन्न यस संघको निर्वाचन बाट निर्वाचित हाल का अध्यक्ष श्री सुनिल कुमार महतो लगायतका कार्य समितिको म्याद यस संघको विधान २०६७ को परिक्षेद ४ को दफा १६/२ अनुसार कार्य समितिको कार्यकाल अबधि तिन वर्ष हुनेछ भनि व्यवस्था भएकोमा हालसम्म उक्त कार्य समिति पदीय लोभ लालचमा परि आर्थिक कारोबारको समेत हिनामिना गरिएको देखिएकोमा उक्त कार्य समितिलाई पद मुक्त गरि आर्थिक कारोबार समेत बन्द गरि नेपाल उधोग वाणिज्य संघको रोहबरमा वा ईलाका प्रशासनको अध्यक्षतामा साधारण सभा बोलाई नया कार्य समितिको गठन गराउन तर्फ आवश्यक कारवाही गरि दिनहुनका लागि अनुरोध गर्दछौ। वोदार्थ - नेपाल उद्योग वाणिज्य महा संघ काठमाडौं , जिल्ला प्रशासन कार्यलय सिरहा ,लहान नगरपालिकाको कार्यलय लहान उल्लेख गरिएको छ।
यसै बीच ईलाका प्रशासन कार्यलय लहानले जिल्ला उद्योग वाणिज्य संघ लाई निवेदनको प्रतिलिपि सहितको पत्र पठाई यस सम्बन्धमा वेहोरा सहित के कसो भएकोहो भनि जानकारी गराउन भनेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्