एकताको खुशियालीमा दीप प्रज्वलन
Advertise Here Book Now

फिरोज शेख लहान २०७५ जेष्ठ ४ । विभिन्न आशंकाका वीच नेकपा एमाले र माओवादी केन्द्र विच ऐतिहासिक पार्टी एकताको घोषणा भएको भन्दै सिरहाका एमाले तथा माओवादी कार्यकर्ताहरुले जिल्लाको विभिन्न स्थानमा दिप प्रज्वलन गरी खुशियाली प्रकट गरेका छन् । सिरहाको सदरमुकाम सिरहा , लहान , गोलबजार ,धनगडी ,मिर्चैया लगायतका स्थानमा नेकपा एमाले र माओवादीका विभिन्न भातृसंगठन र तिनका कार्यकर्ताहरुले दीप प्रज्वलन गरी खुशियाली मनाएका हुन । सिरहाको लहानमा भएको दिप प्रज्वलन पछि बोल्दै लहान नगरपालिकाका नगर प्रमुख मुन्नी साहले पार्टी एकताको घोषणा सँगै जनतामा उत्साह छाएको बताउनु भयो ।
त्यस्तै प्रदेश साँसद अशोक कुमार यादव पार्टी एकता नेपाल र नेपाली जनताको चाहाना र आवश्यकता अनुसार भएकोले देशमा समृद्धि ल्याउन नव घोषित नेपाल कम्यूनिष्ट पार्टी सक्षम हुने बताउनु भयो । दीप प्रज्वलन कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरुले मदन आश्रित स्मृति दिवसकै दिन पार्टी एकताको घोषणा हुने अझ ऐतिहासिक भएको बताएका छन् । यसले दिवंगत नेताद्वय मदन भण्डारी र जिवराज आश्रित प्रति सम्मान प्रकट भएको समेत बताएका छन् । कार्यक्रममा नेताहरु गंगा यादव , सत्यनारायण यादव , खडग नारायण चौधरी , सुलेमान अन्सारी , रामरति राम , गणेश चौधरी, हेमन्त यादव लगायत सर्वसाधारणको समेत उल्लेख्य उपस्थिती रहेको थियो ।Image may contain: 2 people, people standing, night and outdoor

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्