मधेशलाई अलग पार्न सरकारले चुरेक्षेत्रमा सिमारेखा कोर्दै ः सांसद गिरी
Advertise Here Book Now

नवसंग्राम दैनिक लहान, १४ असार । सरकारले चुरेमा मदन भण्डारी मार्ग बनाउंने जुन योजना ल्याएको छ । यसले मधेशलाई अलग गर्न खोजिएको सांसद सरिता गिरीले दावी गर्नुभएको छ । बाल संरक्षण सामुदायिक अध्ययन केन्द्र जनकपुरले आज लहानमा आयोजनाको अन्तरक्रिया कार्यक्रममा सांसद गिरीले पहाडमा विपि मध्यमार्ग तयार भइरहेको बेला चुरेक्षेत्रमा थप झापादेखि कंचनपुरसम्म मार्ग बनाउंने योजनाले मधेशको सिमा रेखा कोरे सरह हुने बताउंनुभयो । चुरेक्षेत्रमा बन्ने मार्गले वनजंगल विनाश हुने निश्चित रहेकोले यसको असर सिधैं मधेशमा पर्ने सांसद गिरीले बताउंनुभयो । गिरीले निजगढ स्थित बन्ने अन्तर्राष्ट्रिय विमान स्थलको कारण २४ लाख रुख कटान हुने भन् दै मधेशप्रति सरकारको नजरिया गलत रहेको ठहर गर्नुभयो । लहानको बलान खोलाले सयौ घर उठिवास भएको छ । हजारौ विघा जग्गा वगर बनेको छ । यसप्रति सरकारको ध्यान अझैपनि छैन । सरकारले बन जंगल लगाउंनुपर्ने ठाउंमा विनाश मात्रै गरिरहेकोले यसलाई आन्दोलनको रुपमा अघि बढाउंन सांसद गिरी आव्हान गर्नुभयो । कार्यक्रममा लहान १८ भदैयाका वडाध्यक्ष मो.समशेरले ‘बलान नदीको कटानले हाम्रो गाउंमा ६० विघा जग्गा वालुवा भयो ।’ ‘सरकारले २० बर्षदेखि निरिक्षण मात्रै गरिरहेको छ ।’ संघीय समाजवादी फोरमका युवा नेता परियाग यादवले ‘०५२ सालमा कोईराला प्रधानमन्त्रीलाई गाउं निरिक्षण गर्न लगे ।’‘तर, हालसम्म एउटा काम भएन ।’ ‘सिमरा सखुवामा हजारौ विघा जग्गा वगर बने ।’ ‘राजालाई भेटे ।’ ‘आजसम्म उभो लागेन ।’ ‘अब लहान नगरपालिकाले भएपनि बजेटिंग गरेर समस्या समाधान गर्नुपर्ने समय आएको छ ।’ ‘संघीय सरकारलाई यसप्रति चासो लिनुपर्ने समय आएको छ । उनले बताए । सप्तरीको सुरुंगा नगरपालिकाका प्रवक्ता आशाराम विकले ‘पर्यावरणको कारण धेरै जसो जग्गा बांझो छ ।’ ‘बलान छेउका बासी उठिवासमा छन् ।’ ‘हाम्रो नगरपालिकाले सक्दो सहयोग गर्न तयार रहेको’ बताए । नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर गुप्ताले ‘सिरहाको २५ प्रतिशत जग्गा बांझो रहेको छ । यसमा पनि बलान खोलाको कारण थप जग्गा बगरमा परिनत भएकोले खाद्य संकटको अवस्था आउंन सकिने दावी गर्नुभयो । कार्यक्रममा बाढीबाट पीडित रहेका लहान १० गुदीगाउंका गणेश विसुन्के, लहान ५ वलुवाटोलका मो.तसलिम, खुट्टी खोला समुदायिक संजाल सिरहा सप्तरीका सचिव डम्बरनारायण यादवलगायतले ‘हाम्रो जग्गा वगर बनिसकियो ।’‘बाढीले घर भत्किसकियो ।’ ‘आजसम्म राहत पाएका छैनौ ।’ ‘हामी जनश्रमदान गर्न तयार छौ ।’ ‘ हाम्रो घर जग्गा व्यवस्थापन गरिदिनुस् ।’ गुनासो पोखे । कार्यक्रमका सहजकर्ता जसकरण साह रहेका थिए भने सभाध्यक्षता जिल्ला वन कार्यालय सिरहा लहानका सहायक अधिकृत राजकुमार ठाकुरले गरेका थिए । बलान खोलाले सिरहाको लहानदेखि सखुवानन्कारकट्टीसम्म र सप्तरीको सुरुंगा नगरपालिकादेखि बलानविहुलसम्म ३ सय ९५ घर प्रभावित छन् । हजारौं विघा जग्गा वगरमा परिनत भइसकेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्