शहिदनगरमा छुवाछूत मुक्त गर्न प्रत्येक वडामा सडक नाटक
Advertise Here Book Now

नरेशचन्द्र बरबरिया ,धनुषा असार १५ गते ।
सहिदनगर नगरपालिकाको छुवाछूत मुक्त अभियान अन्तरगत दुई दिने जनचेतना र सडक नाटक सम्पन्न भएको छ । असार १३ गते यदुकोहा बजारबाट  शुरु भएको नाटक औपचारिक रूपमा  नगरपालिका का मेयर उदय बरबरिया ले उदघाटन  गरेको थियो । २१औ शताब्दीको फेरिदै गरेको सामाजको  स्वरुप लाइ नेपाली सामाजले स्वीकार्नुको साटो पुरानो कुरितिरिवाज लाई अङाल्नु दु:खद रहेको नगरप्रमुख ले औल्याए ।
नव ज्योति युवा कल्बको सहकार्यमा "घुरियाल सामाज" नामक नाटक नगरपालिका को ९वटै वार्डमा एक वार्ड एक इभेन्ट नाटक प्रस्तुत गरेको थियो । नाटकमा रामनारायण ठाकुर , राजेश सक्सेना , मदन ठाकुर , अनिता रानी मन्डल ,गङाकान्त झा , धिरज ठाकुर , रोहित साह , सुनिता पासवान ले अभिनय गरेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्