बिकासका लागी तम्सिएका दुई युबा नेता
Advertise Here Book Now


जेठ २६ । लहान नगरपालिका दुुई वाडाका दुुई याुवा नेताहरु विकासकालागि तम्सिएका छन् । सिरहाको लहान नगरपालिका वाडा २० र २१ वाडा अध्यक्षद्धय गणेश कुुमार चौधरी र हेमन्त यादव तम्सिएका हुन् । लहान नपाको २० र २१ म विकासको लहर जोडतोड चलेका छन् । टोलटोलमा ग्रमीण सडक विस्तार र माटो तथा ग्रयाबल हाल्ने कामलाई जोडतोडका साथ अगाडि बढाएका छन् । दुवै वाडा वाड अध्यक्षद्धय गणेश कुमार चौधरी र हेमन्त यादवले २० र २१ वाडामा पर्ने मोतीपुर मलहनमाका टोलवस्तीहरुमा संयुक्त रुपमा सहजीकरण गरेर ग्रामीण सडक विस्तार कार्यक्रमलाई निरन्तरता दिई अगाडि बढिरहेका छन् । यसरी टोलवस्तीमा ग्रामीण सडक विस्तार कार्यले सफलता पाइ त्यसमा माटो र ग्रयाबलको काम हुने क्रम जारी रहेका छन् । यस कार्यकालागि कतिपय स्थानमा अवरोध हुने अवस्था नआएको होइन अन्तत ः त्यो कार्यपनि स्थानीयहरुको साथ र सहयोगले सफल भएको २१ का वाडा अध्यक्ष हेमन्त यादवले बताउनुु भएको छ । पहिलो वर्षको योजनामा ग्रमीण सडक विस्तार र माटो र ग्रयाबल हाल्ने रहेकोले यस वाडाका सबै टोलमा यही योजनालाई अगाडि बढाएको समेत जानकारी दिनुुभयो । यो योजना पूरा गरिसकेपछि अर्को आ.व.को योजनामा पक्की सडक,नाला , खानेपानी,कृषि सडक र विद्युतीकरण लगायतका स्थानीयहरुको आवश्यकतामा आधारित योजना ल्याउने बताउनुु भयो । यही सडक विस्तार गर्ने क्रममा साविक ९ वाडा रहेको मोतीपुर स्थिति पासवान टोलमा करिब २ पुस्तादेखि विवाद र जोडजर्वजस्तीका कारण सडक विस्तार नभएको ठाउँमा समेत स्थानीय यूवाहरुको सक्रियतामा सफल भएको अध्यक्ष यादवले त्यहाँका स्थानीयहरुलाई धन्यवाद समेत दिनुु भएको थियो । यो मेरो सफलता नभएर त्यहीका स्थानीयहरुको ठूलो सफलता भएको र अब अगामी दिन आउने कुनै नेता तथा त्यहाँका जनतालाई काम गर्न कठिनाइ नहुने बताउनुु भयो । अगामी ५ वर्ष भित्र यस वाडाका सबै खेती योग्य जग्गामा कृषि सडक,विद्युतीकरण, सिचाईकालागि कूलो पैनी नहर प¥याउने लक्ष्य रहेको छ । उहाँले भन्नुुभयो,“ म एक युवा नेतृत्वको रुपमा अगाडि आएको छुु , मैले युवा लक्षित कार्यक्रम ल्याउनुु पर्ने नैतिक जिम्मेवारी पनि छ तसर्थ अगामी दिनमा युवासँग र युवाको विकाससँग जोडिएको योजना आउने प्रतिबद्धता समेत हामीसँगको कुराकानीमा बताउनुु भयो । यसै गरी वाडा नम्मबर २० का युवा नेता गणेश कुमार चौधरीले विकास नै हाम्रो मुख्य एजेण्डा थियो त्यसैले सबभन्दा पहिले सडक विकास र विस्तारको योजना अगाडि ल्याएको छ । थप्दै उहाँले भन्नुुभयो “ हामी दुवै वाडाका वाडा अध्यक्ष एउटै दलबाट र दुवै युवा नेताको रुपमा जनता सामुु आयौँ र जनताले हामीलाई जिम्मेवार पनि दएका छन् । जनताको यो जिम्मेवारी पूरा गर्नु हाम्रो कर्तव्य र नैतिक दायित्व भएकोले कतिपय स्थानमा हामी साझा रुपमा सम्झौता अुनसार विकासको कार्यक्रम अगाडि ल्याएका छौ । मोतीपुर मलहनमा गाउँमा ५ वटा टोलहरु साविकमा २ गाविसको सिमा थिए आज २ वाडाका सिमामा नै छ र कतिपय सडक दुवै वाडाका टोलवस्तीमा साझा रुपमा भएकाले हामी दुवै वाडाले सहकार्य गरेर अगाडि बढ्यौँ र जनताले साथ दिएकोमा सफल पनि भयौँ । हामी विकासका पूर्वाधारमा जे लगानी गछौँ ठोस काम गर्छो किनभने यो दुवै वाडालाई लहान नगरपालिकाको स्वच्छ,सफा ,सुन्दर र समृद्धीतर्फ अगाडि बढेको वाड बनाउने प्रतिबद्ध भएका हौँ । यसै गरी अध्यक्ष चौधरीले हामीसँगको कुराकानीमा भन्नुुभयो,“ राजनीतिक त्याग र सेवाको भावबाट गर्ने कुरा हो, यसमा व्यक्तिगत स्वार्थ र दलगत स्वार्थको गन्ध मिसिन दिनुु हुँदैन् । हामी २ वाडामा व्यक्तिगत स्वार्थ र दलगत स्वार्थ नराखी अगाडि बढ्ने प्रतिबद्धता गरिसकेका छौ । यही प्रतिबद्धताका साथ अगामी दिनमा सक्रिय रुपमा अगाडि बढने छौ । साथै चौधरीले दुवै वाडामा यो आर्थिक वर्षमा ८० लाख रुपैयाको बजेट रहेको जानकारी दिनुुभयो । अगामी वर्षको योजना स्थानीय जनताको आवश्यकता सँगै युवा दक्षजनशक्ति उत्पादन र मानव संसाधन तयार गर्ने खालका योजना स्थानीय संघसंस्था,बुद्धिजिवि र विज्ञहरुको सल्लाह सुुझब अनुसार बनाउने र सबैसँग सहकार्य गरेर अगाडि बढने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । सोही विषय वस्तुुहरुमा दुवैवाडाका स्थानीय बुद्धिजिविहरुसँग चासो राख्दा स्थानीयहरुले यी दुवै वाडाका वाडा अध्यक्षहरु शिक्षित युवा भएकोले दुुर्गामी सोच राखेर समृद्ध नगर बनाउने र स्थानीय जनताको भावना चाहना बमोजिमको लक्ष्य राखेर अगाडि बढ्नुु पर्ने साथै दलगत स्वार्थभन्दा माथि उठेर सबैको लागि सबै भन्ने उद्येश्यका साथ अगाडि बढे र विकासका योजना लगायत आधुनिक र सभ्य समाज निर्माणका काममा अगाडि बढ्नुु राम्रो हुने प्रतिक्रिया व्यक्त गरेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्