राईसमिलको जग्गाको सिफारिस नगरे पछि यादवले दिए मेयरलाई धम्की, प्रहरी मौन।
Advertise Here Book Now

अमित ठाकुर।रौतहट।अाषाढ १६।रौतहट जिल्लाका गौर नगरपालिकाका प्रमुख अजय गुप्ता रौतहटको मुटुको  रुपमा रहेको गौर राइस मिलको जग्गा अधिग्रहण प्रक्रिया उचाइमा पुगेकोले दलालहरुले अधिक्रहण नहुन दिनका लागि विभिन्न किसिमका षड्यन्त्र रचि रहेका जनाएको छ। मेयर गुप्ताको अधिग्रहण प्रक्रिया अन्तिम चरणमा पुगिसकेको देखेर बदनीयत पूर्वक राजनितिक चरित्र हत्या गर्न एवं राइस मिलको जग्गा अधिग्रहण नहोस् भन्ने उद्देश्यले विजय यादव भन्ने व्यक्तिले बिना प्रमाण सार्वजनिक गरि निराधार गलत प्रचारबाजी गरिरहेको मेयर गुप्ताले दावी गरेको छ।
विजय यादव को छ के गर्छ मलाई  जानकारी समेत न रहेको र मिलको जग्गा बिक्री गर्नमा सहयोग गर्नको स्वरुप मेयर सहित अन्य दुई नेता गौर नगरपालिकाका प्रबक्ता शेख जमशैद र राजपाका नेता अनिल सिंहलाई रुपैयाँ दिएको कुरो झूठो रहेको मेयरले जनाएको छ।राईसमिल किनबेचमा भुमाफियाहरुको भएको बैठकमा मेरो उपस्थति मात्र देखाउन मेयर गुप्ताले  चुनौती दिएको छ ।  यति मात्र होईन पैसाको दिएको कुनै पनि  प्रमाण सार्वजनिक न गरि विजय यादवले रौतहटमा अाई गौर नगरपालिकाका प्रमुख अजय गुप्तालाई गौरबाट बाँधेर लग्ने समेत सार्वजनिक भएको भिडियोमा यादवले भनेको छ। यस बिषयमा मेयर गुप्ता संग सोधपुछ गर्दा उनले भने रौतहटको मुटुको रुपमा रहेको एतिहासिक गौर राईसमिल ग्राउण्डलाई बेच्नका लागि सिफारिस न गरेकोले यादवले मलाई बाँधेर लैजाने धम्की दिएको छ।
   विजय यादव को छ ?
धनुषाको महेन्द्रनगर निवासी विजय यादव राइस मिलको जग्गा खरीद गर्ने भू–माफिया समूहका सदस्य रहेको गौरमा चर्चा छ ।यादव दुई दिन अगाडि रौतहटको गरुडामा अाई केही राजनीतिक दल, नागरिक समाज, संचारकर्मीहरुलाई रकम दिएको आरोप लगाएको थियो । यादव तत्कालीन एकीकृत नेकपा माओवादी पार्टीका सदस्य रहेको छ । यादवको कपडा पसल पनि सञ्चालन रहेको छ ।नगरपालिकाका मेयर गुप्ताले गत आर्थिक वर्षमा राईसमिललाई अधिग्रहण स्वरुप १७ लाख रकम छुट्याइएको थियो र  चालू आर्थिक वर्षमा १ करोड ५० लाख रकम नगरपालिकाको बजेटबाट विनियोजन हुने मेयर गुप्ताले जनाएको छ । मेयर गुप्ताले भने अाफु निर्वाचित हुनुभन्दा पहिला देखि अहिले सम्म राइस मिलको जग्गा जसरी भए बचाउनु पर्ने अडानका  साथ अगाडि बढिरहेको जनाएको छ। गौरवासीलाई राइस मिलको जग्गा अधिग्रहण गरेर उपहार दिने दृढता व्यक्त गरेको छ।
उनले भने, ‘राईस मिलको जग्गा अधिग्रहण भएपछि गुप्ताको लोकप्रियता बढने डर भएकाले जग्गा अधिग्रहण नहोस्।
सम्मानित सर्वोच्च अदालत र उच्च अदालतबाट सिफारिश गर्न आदेश आएपनि म अाफु रौतहटको सबै निकायमा सिफारिस रोकी अधिग्रहण प्रकृया अगाडि बढाएको छु।अहिले अाएर
प्रदेश सरकारले जग्गाको मुआब्जा दिन सकारात्मक भएकोले यसै आर्थिक वर्षमा नगरपालिकाको नाउँमा जग्गा आउने मेयर गुप्ताले जनाए।बिहीबार राति सदरमुकाम गौर देखि १० किलो मिटरमा हतियारधारी समूह र प्रहरी बिच भएको गोली हानाहानमा अपराधी समुहका एक सदस्यलाई प्रहरीले मारिएको थियो।एका तर्फ गौरको स्थानीय सरकारका प्रमुखलाई बाँधेर लग्ने अर्कोतिर यस्तो घट्ना कही न कही ठूलो घट्नाको संकेत दि रहेको संका उत्पन्न हुन थालेको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्