शहीद परिवारलाई रोजगारी दिने प्रदेश सरकारको निर्णय
Advertise Here Book Now

जनकपुरधाम, अषाढ १५ गते । . प्रदेश नं.२को सरकारले मधेश आन्दोलनका शहीद परिवारलाई रोजगारी दिने निर्णय गरेको छ ।
मन्त्री परिषदको विहीवार बसेको बैठकले मधेश आन्दोलनका शहीद परिवारको आर्थिक , समाजिक तथा शैक्षिक तथ्यांक तथा विवरण संकलन गरि क्रमशः रोजगारी दिने निर्णय गरेको हो । शहीद परिवाहरुको तथ्यांक संकलन भएपछि उनिहरुको योग्यता र क्षमताको आधारमा रोजगारी दिने निर्णय गरिएको मुख्यमन्त्री लालबाबु राउतले बताउनु भएको छ ।
सरकारले मधेश आन्दोलनका घाइतेहरुलाई प्रकृति हेरी तीन लाख सम्मको आर्थिक सहयोग उपलब्ध गराउने निर्णय यस अघि नै गरि सकेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्