लहानका मेयर साहले फोहोरलाई मोहरमा बद्लिने, मलखाद्य उद्योग लगाउंने
Advertise Here Book Now

नवसंग्राम दैनिक लहान १९ असार । ‘कृषि उपजमा बृद्धि नआए खाद्य संकट आउंन सक्छ ।’‘वातावरण संतुलन भएन भने स्वास्थ्य समस्या आउंन सक्छ ।’ ‘यसैलाई मध्यनजर गरी फोहोरलाई मोहरमा बद्लिन जरुरी छ ।’ लहान नगरपालिका मेयर मुनि साह बताउंछन् । लहान नगरपालिकामा बर्षेनी हजारौ टन फोहोर संकलन हुंदै आएको छ । फोहोर व्यवस्थापनको लागि डम्पिगं साईट राखिएपनि त्यहांको दुर्गन्ध बजारभरी फैलिदै आएको छ । लहानको ग्रामिण र बजारक्षेत्रलाई स्वच्छ, सफा र हराभरा बनाउंन फोहरलाई समयमै मोहरमा बद्लिन लहानका मेयर साह अगाडि थप्छन् ‘सरफाई अन्तरगत ७० लाखको योजनामा मल उत्पादनको बजेट बिनियोजन गरिएको छ ।’‘यसले आधुनिक मल बनाउंछ र दर्जनौले रोजगारी पाउंछन् ।’ ‘लघु उद्योगको लागि पनि कार्यक्रम रहेको छ ।’ ‘यस अन्तरगत २०—२५ जनाले रोजगारी पाउंछन् ।’ र,वडालाई उद्योग क्षेत्र घोषणा गरिने कार्यक्रम रहेको छ ।’ मेयर साह बताउंछन् ।
‘समृद्ध लहानको आधार—कृषि, उद्योग, पर्यटन र पूर्वाधार’ भने मुल नाराका साथ लहान नगरपालिकाले आव २०७५।०७६ को बजेट आज सार्वजनिक गरेको छ । नगरपालिकाले चालुतर्फ ४५.९७ प्रतिशत र पुंजीगततर्फ ५४.०३ प्रतिशत गरी १ अर्ब ३५ करोड २५ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ । आव ०७४।०७५ को बजेट मध्ये केही तलबको रकम फ्रिज हुने भएको छ भने पुंजीगततर्फ ३० करोड रकम आउंदो आवमा कार्यक्रमको लागि संचालन हुने भएको छ । आव ०७५।०७६ को लागि लहानका २४ वटै वडालाई समानुपातिक आधारमा रकम विनियोजन गरिएको छ । यस अन्तरगत प्रत्येक वडामा ४० लाख र वडा नम्बर ५, ९, १०, ११, १२, १३, १८ र २४ लाई थप ५ लाख गरी ४५ लाख बजेट विनियोजन गरिएको छ । लहान नगरपालिकाले हालसम्म आर्थिक ऐन, सहकारी, प्रशासनिक, न्यायिक, शिक्षा, सरसफाई, भवन कार्यविधि नक्शा, राजपत्र प्रकाशन कार्यविधि २०७५, नीति तथा कार्यक्रम सम्बन्धी ८ ऐन र २ कार्यविधि तयार गरेको छ । यसलाई लहान राजपत्रमा प्रकाशन गर्ने र वेभसाईटमा अपडेट गर्ने नगरपालिकाले जानकारी गराएका छन् । यि कार्यक्रमहरुलाई निरन्तरन्ता दिंदै ‘हाम्रो लहान, समृद्ध लहान’ भन्ने नारालाई लहान नगरपालिकाले मुर्तरुप दिने तयारीमा रहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्