समृद्ध लाहानको आधार - कृषि, उधोग, पर्यटन र पुर्वाधार - मेयर साह
Advertise Here Book Now

मनोज बनैता, लाहान, १९ असार । "समृद्ध लाहानको आधार - कृषि, उधोग, पर्यटन र पुर्वाधार " भन्ने मूल नाराका साथ लाहान नगरपालिकाको आ.व. २०७५/७६ को लागि नीति तथा कार्यक्रम र यस वर्षको बजेट पारित गरिएको छ । मेयर मुनी साह ले पत्रकार सम्मेलन मार्फत सो कार्यक्रम सार्वजनिक गरेको हो ।

असार १० गते कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तामाङ को प्रमुख आतिथ्यमा आयोजित लाहान नगरपालिकाको दोस्रो नगरसभाको समुद्धाटन समारोहमा यस नगरपालिकाको आगामी आ.व २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । जारी विज्ञप्ति अनुसार सबै वर्ग, क्षेत्र, समुदायलाई सम्बोधन गरि बिकासका सबै पुर्वाधार एवं सेवा प्रवाहका क्षेत्रलाई गुणस्तरीय बनाउन यथासम्भव प्रयत्न गर्ने नीति लिएको छ । २०७५/९३/१४ गते यस नगरपालिकाको कार्यसन्चालनको लागि अत्यावश्यक रहेको ऐन, कानुन तथा कार्यविधि पारित गरि विभिन्न निर्णयहरु गरि दोश्रो नगरसभा समापन गरिएको छ ।

यस नगर क्षेत्रका सबै वडाको समानान्तर विकासलाई केन्द्रविन्दुमा राख्दै प्रदान गरिएको बजेट सिमाभित्र रहेर सबै वडा कार्यालयबाट प्राप्त भएको वडास्तरीय, नगरस्तरीय र केन्द्र स्तरका योजनाहरु एकीकृत गर्ने कार्य समेत भएको छ । आगामी आ.व. २०७५/०७६ का लागि रु. १,३५,००,२५,०००।- बराबरको कूल आय व्ययको अनुमान गरिएकोमा चालू तर्फ ४५.९७% र पूँजीगत तर्फ ५४.०३% को अनुमान् गरिएको छ । सो सिमाभित्र रही खर्च गर्ने र आन्तरिक आयका श्रोत पहिचान गरि आर्थिक उन्नति हासिल गरि "हाम्रो लाहान, समृद्ध लाहान" भन्ने नारालाई मूर्तरूप प्रदान गर्ने तर्फ लाहान नगरपालिका अभिप्रेरित रहेको उक्त विज्ञप्ति मा उल्लेख गरिएको छ । आर्थिक एवं समाजिक रुपान्तरणका लागि प्रदेश तथा संघीय सरकार सँग ठूला आयोजना निर्माण सम्बन्धमा माग गर्ने निर्णय गरि सो सम्बन्धमा आवश्यक प्रयत्न समेत गरिएको छ ।


अन्त्यमा आ.व. २०७४/७५ मा यस नगरपालिका लाई हालको स्थान सम्म ल्याई पुर्याउन साथ र सहयोग गर्ने सम्पुर्ण नगरवासी, राजनैतिक ब्याक्तित्व , सरकारी तथा गैरसरकारी संघ संस्था , पेशागत संघसंगठन, सञ्चारकर्मी तथा सम्पुर्ण कर्मचारीहरु प्रति मेयर साहले हार्दिक आभार प्रकट गरेका छन।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्