ट्रकको ठक्करबाट साईकलयात्रीको मृत्यु
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, १८ असार । पुर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैया नगरपालिका २ स्थित ट्रकको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ज १ ख ७४५१ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री धनुषा सबैला नगरपालिका ७ बस्ने २५ बर्षीय नरेश कुमार महराको आइतबार घटनास्थलमै मृत्यु ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका ईन्चार्ज मनोज चौधरीले बताए । ट्रक ओफभटेक गर्ने क्रममा महराको ठक्कर दिएको ईन्चार्ज चौधरीले बताए । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्