एकिकृत घुम्ती सेवा शिबिरवाट ११ सय ४१ जना लाभान्वित
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, १८ असार । एकिकृत घुम्ती सेवा शिबिर सिरहाको कर्जन्हा नगरपालिकामा सम्पन्न भएको छ । नेपाल सरकार गृहमन्त्रालयको निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालय सिरहाको नेतृत्वमा जिल्ला स्थित बिभिन्न सरकारी कार्यालयहरुको संयुक्त एकिकृत घुम्ती सेवा शिविर कर्जन्हामा नगरपालिका बडा नं ७ मा शनिवार संचालन गरिएको थियो । शिबिरमा ११ सय ४१ जनाले सेवा लिएका छन् ।
ghumti sibir  (2)
सरकारी कार्यालयबाट प्रदान गरिने सेवा सुबिधा गाउँमै पु¥याउने उद्देश्यले आयोजना गरिएको घुम्ती शिबिरमा वन कार्यालयबाट ५०० जना, कृषि विकास कार्यालयबाट ३०० जना, स्वास्थ्य कार्यालयबाट १६० जना, आयुर्बेद कार्यालयबाट ११३ जना, जिल्ला प्रशासन कार्यालयबाट ६१ जनाले नागरिकता बनाएका छन् । त्यसैगरी राहदानीका लागि ६ जनाले फारम भरेका छन् भने १ जनाले मधेशी प्रमाणित गराएका सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताए ।
कर्जन्हा नगरपालिका वडा नम्बर ७ का वडा कार्यालयको पहलमा आयोजना गरिएको शिबिरमा सहयोग पु¥याउने २७ जनालाई सम्मान समेत गरिएको वडा अध्यक्ष जयकिशोर साहले जानकारी दिनुभयो ।
ghumti sibir  (3)

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्