शाही शैलीका मन्त्री मातृका यादव विरुद्ध मिर्चैयावासी सडक तताउंने
Advertise Here Book Now

नवसंग्राम दैनिक दिनेश्वर गुप्ता लहान, २४ असार । यस्ता मन्त्री जसले जग्गा विवादमा आफ्नो पद धरापमा पारे । पार्टी फोडेर अलगै पार्टी बनाए । फेरी प्रचण्ड अध्यक्ष रहेको माओवादी पार्टीमा एकीकरण गरे । मधेश आन्दोलनका सहिद रमेश महतोको लाश लुटेर लगे । छोरी ज्वाईको विवादमा घरायसी होली खेले । आज माओवादी र एमालेको सहवासले बनेको नेकपाको तर्फबाट पूनः मन्त्री पड्काउंन भ्याएका छन् । उनी हुन मधेश विरोधी आपूर्तीमन्त्री मातृका यादव । मन्त्री भएपछि करोडौको खेल गरेर यत्तिबेला करोडपति बनेका छन् मन्त्री यादव । मन्त्री त बने तर, शैली शाही आकारको बोकेकै छन् । भूमिगत रहंदा जनताको लागि आवाज उठाउंने तर मन्त्री भएपछि शाही शैलीको रवाफ देखाउंने मन्त्री यादवले फेरी नौटंकी शुरु गरेका छन् । त्यो पनि समाजमा बर्जित डिजे बाजा र आतिसवाजसंग । ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरिक्षक दिपक खडका शान्ति सुरक्षा कायम राख्न मिर्चैया क्षेत्रमा अहोरात्री खटिरहेको बेला खड्कालाई सरुवा गर्न आफ्नो पावर प्रयोग गरिहाले । खड्का मिर्चैया प्रहरीमा आएको एक महिना जति भएको छ । उनलाई शाही शैलीमा सरुवा गर्न मन्त्री यादवले ज्यान त्याग गर्न धम्की गृहमन्त्रीलाई दिएको छ । गृहमन्त्री विवश भएर खड्कालाई सरुवा गरेको चर्चा छ ।
केही दिन अगाडि तामझामका साथमा सिरहाको मिर्चैयामा एउटा विवाह सम्पन्न भयो । त्यस भड्किलो विवाहमा भोजपुरीको अश्लिल गीतमा डिजे बजाएर गाउंलेलाई सास्ती दिइरहेका मन्त्री यादवका आफन्तलाई रोक्न प्रहरीमा खबर गयो । प्रहरीले तत्काल रोक्न सफल भए । उता, शाही शैलीका आपूर्तिमन्त्री मातृका यादवले प्रहरीले लगिएका बाजागाजा फिर्ता लिन आफै पनि पुगे । त्यति मात्रै कहाँ हो र ? आपूर्तिमन्त्री मातृका यादवले आफ्नो मान्छेलाई अश्लिल भोजपुरी गीत बजाउन, पटका पड्काउन, हल्ला गर्न नदिने तपाँई को हो भन्दै डिएसपी दिपक खड्कालाई तथानाम गाली गरेछन् । यो घटना सेलाउन नपाउदै अर्को एउटा घटना घट्यो । स्थानीय गाउलेबीच झै–झगडा भएर हात हालाहाल भएछ । उक्त घटनामा एकपक्ष मन्त्री मातृकाका मान्छे परे ।मन्त्री पक्षधरले सामान्य झै–झगडाको घटनालाई अर्को पक्ष बिरुद्ध घटनालाई तोडमोड बढाइ–चडाइ गरी यो घटनालाई डकैती र ज्यान मार्ने उद्योगको मुद्दा बनाएर दर्ता गर्न प्रहरीलाई दबाब दिए । प्रहरीले दुबै पक्षलाई राखेर स्थानीयबासीसंग यो घटनाको सत्यतथ्य बुझ्दा सामान्य झै–झगडा हात हालाहाल भएको जानकारी पाएका थिए । तर डकैती र ज्यान नै मार्ने तवरले प्रेरित घटना नभएको ठहर छ ।

डिएसपी दिपक खड्काले झुठा मुद्दा दर्ता नगर्ने


डिएसपी दिपक खड्काले झुठा मुद्दा दर्ता नगर्ने र निर्दोषलाई बिना कसुर कारबाही गर्न नमिल्ने, जे भएको त्यही अनुसार कानून सम्मत मुद्दा मात्रै दर्ता गराउन मिल्ने भनेपछि मन्त्री यादव शाही शैली प्रयोग गर्न थाले । डिएसपी दिपक खड्काले शान्ति सुरक्षाको सवालमा कसैलाई टेरपुच्छर नलगाएपछि उनको बिरुद्ध रातारात सुनियोजितपूर्ण तवरमा षड्यन्त्र रचियो । उनको चरित्र हत्या गर्न मिडियाबाजी गर्न लगाएको छ । डकैती र ज्यान मार्ने उद्योग मुद्दामा पैसा घुस खाएर मेलमिलाप गरायो भन्ने डिएसपी खड्कामाथी जाल बुन्न थालिएको छ । त्यति मात्रै हैन अस्ति राती मात्रै नेकपाका स्थानीय नेता र आपूर्तिमन्त्री मातृका यादवको दबाबमा रातारात डिएसपी दिपक खड्कालाई सरुवा गर्न सरुवापत्र तयार गरिएको छ । मिर्चैया ३ मा असार ११ गते राती ढिलो जन्ती आएको भन्दै स्थानीय जीवछ यादव, जयप्रकाश यादव, पप्पु यादव, सते यादवलगायतका युवाहरुले जन्ती गाडीलाई रोकेर विवाद गरिएको हो । विवादमा केटीपक्षका ८ र स्थानीय २ जना घाईते भएका थिए । प्रहरीले विवाद गर्ने दुवैपक्षका दूई दूई जना पक्राउ गरियो । यिनीहरुलाई सार्वजनिक मुद्दा अन्तरगत हिरासतमा लिएको छ । तर, मन्त्री यादवले ज्यान मार्ने मुद्दा हाल्न शाही शैलीमा प्रहरी खड्कालाई निर्देशन दिए । तर, खड्का नमानेपछि उनलाई सरुवाको धम्की दिएको छ । अपराधी तथा डांका लुटेराको प्रमाणित अदालतले फैसलामा सुनाउंने गर्छन् । तर, खगेन्द्र यादवलगायत आधा दर्जन युवालाई मन्त्री यादवपक्षले डांका भनेर मिडियावाजी गर्न लगाएको छ । खगेन्द्र यादवले भने ‘ समाजमा शान्ति सुरक्षामा सहयोग गर्ने म कसरी भए डांका ? ’‘म न्याय पाउंनुपर्छ ।’‘मेरो चरित्र हत्या भएको छ ।’उनी आफु निर्दोष ठहर गर्दै शान्ति सुरक्षामा जोड दिएका छन् । यसैबीच, मिर्चैयाक्षेत्रमा मन्त्री यादवको शाही शैलीप्रति स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयहरु एक पत्रकार सम्मेलन गरी मन्त्री यादवको शाही शैली विरोध सडकमा उत्रिने चेतावनी दिएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्