सचिव सिंहले गायव गरे अभिलेख,बालबालिकाको रकम फ्रिज हुने सम्भावना
Advertise Here Book Now



अमित ठाकुर।रौतहट।अाषाढ २१।राजदेवी नगरपालिकाको वड़ा नम्बर ९ ब्रह्मपुरीका बालबालिका , जेष्ठ नागरिक ,अपांग ,दलित बालबालिका ,एकल महिलाले आर्थिक मासान्त सकिन लाग्दा पनि सामाजिक सुरक्षाको रकम पाएका छैन ! तत्कालीन वड़ा सचिव शिवशंकर सिंहको लापरवाहीले गर्दा ८ महीना देखि सामाजिक सुरक्षाको रकम वितरण हुन सकेका छैन र अव सो रकम फ्रिज हुने सम्भावना भएपछि उनीहरु चिन्तित देखिएका छन ! बजेट अनियमितता र गाउकै मेयर भएको कारण कामकाजमा अटेरी गर्दै आएका सिंहलाइ गत बैशाख महीनामा नगरपालिका कार्यालयमा तानिएका थिए ! वड़ा कार्यालयमा हाजिर भएका नया वडा सचिव दिनेश यादव आए पछि बाकि रहेको भत्ता पाउने आश गरेका बालबालिका ,एकल महिला ,अपांग ,जेष्ठ नागरिकहरुले सचिव सिंहको कारण आषाढ़ महीनामा पनि रकम पाउन नसकेपछि दुखित भएका छन ! स्थानीय होरिल महतोले तत्कालीन सचिव सिंहले कागजात नबुझाएको कारण अहिले सम्म भाता लीन बाट बंचित भएको आरोप लगाएका छन ! बैशाख २० गति हाजिर भएका सचिव यादवले पटक पटक तागेदा गर्दा पनि हाल सम्म कार्यालयका महत्त्व पूर्ण कागजात नबुझाएको बताएका छन ! कार्यालय १ महीना दिन देखि बन्द रहेको जानकारी गराउँदै सचिव यादवले भने बाल बालिकाको रकम जोगाउन कुनै बाटो नरहेकोले फ्रिज हुने अवस्था आएको छ ! २०७१ ,२०७२ र २०७३ सालको जन्म दर्ता ,मृत्यु दर्ताको मूल रजिस्टर कार्यालयमा नरहेको बताउँदै अभिलेख नै गायब भएको कारण तथ्यांक अद्यावधि ,प्रतिलिपि दिन समस्या उत्पन्न भएको छ ! मूल रजिस्टर गायब भएकोले भारतीय नागरिकको पनि जन्म दर्ता बनाइएको हुन सकने आशंका रहेको छ ! दलित समुदायबाट संघीय समाजवादी फोरम नेपाल पार्टीबाट निर्वाचित भएका वड़ा अध्यक्ष पुलिन्द्र दासले उच्च बर्गका सचिव भएको सिंहले मनोपोली गरिरहेको आरोप लगाएका छन ! कागजपत्र बुझाउन भन्दा दादागिरी शैलीमा प्रस्तुत हुनेगरेको दुखेसो पोख्दै उनले भने नगरपालिकाको प्रमुख धीरेन्द्र सिंहलाइ आग्रह गर्दा पनि कुनै चासो लिएका छैन ! ठूलो जातीको दम्भ देखाउँदै सचिव सिंह सरुवा भएर गइसके पनि वड़ा कार्यालयको नाउमा रहेको मोटरसाइकल ,फोटोकापी मेसिन , लैपटॉप समेत कव्जा गरेको छ ! बर बुझारत गराई दिनको लागि प्रमुख जिला अधिकारी गोविन्द प्रसाद रिजाललाइ आग्रह गर्दा पनि केहि सुनवाई नभएको गुनासो वड़ा अध्यक्ष दासको रहेको छ ! नगरपालिकाले वड़ा कार्यालयलाइ उपलब्ध गराएको ५ वटा पंखा मध्ये २ वटा पंखा समेत सचिव सिंहले घरमा प्रयोग गरेको बुझिएको छ ! कार्यालयमा ३ वटा पंखा मात्र रहेको छ ! स्थानीयका अनुसार मेयर सिंहले सचिव सिंहलाइ संरक्षण गर्दै आएका छन ! दुवै जना गाउले नै छन ! निर्वाचित वड़ा सदस्य सोभन दासले सिंहले गरेको गलतीको कारण स्थानीयको दवाब झेलिनु परिरहेको बताएका छन ! भन्दा भन्दै पनि नटेरेको सचिव सिंह ऊपरमा कड़ा कार्यवाही गर्नको लागि सम्वन्धित निकाय संग मांग गरेका छन ! मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गई संघीयता कार्यान्यवनको अवस्था आइसकेपनि सो वार्डमा सामन्तवादी ,हैकमवादी प्रबृति अहिले सम्म देखिएका छन ! स्थानीय युवा समाजसेवी नविन सिंहले विगत १ वर्ष देखि सचिव सिंह गाउँका स्थानीय निमुख्खा जनतालाइ शोषण गर्दै आइरहेका छन ! सिंह भ्रस्टाचारमा समेत लिप्त भएको आरोप लगाउदै बाल बालिका ,बृद्ध बृद्धा ,एकल महिलाको रकम फ्रिज गराउने सडयंत्र गर्ने सचिव सिंहलाइ क़ानूनी दायरामा ल्याउनु पर्ने जरुरी रहेको धरना राखे ! नगर प्रमुख धीरेन्द्र सिंहले छिट्टै बुझारथ गर्नलाइ निर्देशन दिएको बताएका छन ! सचिव सिंहको तानाशाही सोचको कारण सयौ बाल बालिका रकमबाट बंचित हुने अवस्थामा पुगेको छ ! नेटवर्क समस्याको कारण सचिव सिंह संग संपर्क हुन सकेका छैन !

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्