म आन्दोलनको पक्षमा छैन : गच्छदार
Advertise Here Book Now

दलहरुबीच आजभोलि नै वार्ता हुन सक्ने भन्दै उनले सत्तारुढ दलले दुई तिहाईको बहुमतबाट संविधान जारी गर्ने दम्भ त्याग्नु पर्ने र प्रतिपक्षीहरुले सडकमा जाने हठ त्याग्नुपर्ने धारणा अघि सारे ।
फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले सहमतिको वातावरण बनाउन प्रधानमन्त्री सुशील कोइराला लचिलो बन्नु पर्ने बताए । उनले भने‘प्रधानमन्त्रीजीको काँधमा गहन जिम्मेवारी छ, टुटेको वार्ता प्रक्रियालाई तत्काल जोड्न लचकता प्रर्दशन गर्न सक्नुभएनभने मुलुक ठूलो द्वन्द्वमा फस्छ ।’
प्रधानमन्त्रीले १२ बुँदे समझादरी, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान, मधेस आन्दोलन र आदिवासी आन्दोलन लगायतका विभिन्न आन्दोलनका सम्झौताअनुुसार अघि बढ्न तयार छुभन्ने पूर्ण प्रतिबद्धता आए र प्रश्नावली समितिले तयार पारेको प्रतिवेदनलाई थाती राखे आज र भोलि नै वार्ता हुने उनले बताए ।
औपचारिक वार्ता अगाडि बढिसकेको भन्दै उनले भने ‘प्रधानमन्त्रीसँग तीन पटक टेलिफोनमा कुरा गरेको छु, सत्तापक्षका नेताहरुसँग पनि कुराकानी भरहेको छ, त्यसैले उहाँहरुले उदारताका साथ विश्वासको वातावरण बनाउनुपर्छ ।’
गच्छदारले सत्तापक्ष र विपक्षबीच सेतुको भूमिका खेलेर वार्ताको वातावरण बनाउन खोजेको बताए । सहमतिका लागि आफूले राखेको प्रस्तावलाई बेवास्ता गर्दा दलहरुवीच सम्वादको तार टुटेको उनको भनाइ थियो ।
स्रोत - अनलाईनखवर डट कम