मानवअधिकार आयोगद्धारा जेल अनुगमन ।। ब्यारेक भित्र ९ जना प्रहरी जवान तास खेलिरहेको अवस्थामा फेला ।।
Advertise Here Book Now


दिलिप कुमार यादव । कपिलवस्तु फागुन १
राष्ट्रिय मानवअधिकार आयोगका माननीय सदस्य गोविन्द शर्मा पौडेलले जेल बन्दी गृह नभई सुधारगृह हुनु पर्ने बताए छ । कपिलवस्तु कारागारकोे अनुगमनका क्रममा बन्दीहरुलाई सम्वोधन गर्दै जेलभित्र बस्ने सबै नागरिक सम्मानित रुपमा बाच्न पाउने अधिकार रहेकोे भन्दै जेल मानवअधिकार मैत्री बन्नु पर्ने बताए । माननीय सदस्य पौडेलले राष्ट्रिय मानवअधिकार आयोगले देशभर ७३ जिल्लाका कारागार अनुगमन गर्ने उल्लेख गर्दै देशैभर क्षमता भन्दा बढी बन्दीहरु रहेकोले सरकारलाई ब्यावस्थापन गर्न निर्देशन दिने बताउनुभयो । कपिलवस्तु कारागार भवन जिर्ण रहेको र नयाँ बनेको भवन समेत सुचारु नभएको प्रति चासो ब्यक्त गर्नुभएको थियो । कारागारमा प्रहरीका ब्यारेकहरु खाना पकाउने कोठा समेत अब्यवस्थित रहेको पाइएको टोलीका सदस्य सुर्य देउजाले बताए । टोलीले कारागारको बस्ने कोठा, खानाको गुणस्तर, पिउनेपानी, सौचालयको अवस्था ,खेलकुदका सामाग्री, पुस्तकालय तथा पत्रपत्रिका लगाएतका सम्पुर्ण अवस्थाको अनुगमन गरेका थिए । अनुगमनको क्रममा बन्दीहरुले कानुनी सहायतामा ढिलासुस्ती हुनेगरेको, खुला सौचालयको समस्या रहेको,सिदाको रकम कम भएको ,कारागारमा रहेका जेष्ठ नागरीक ७० देखि ८५ बर्ष सम्म उमेर समुहका ७ जना बन्दीले राज्यले दिने भनिएको बृद्धभत्ता नपाएको लगाएतका समस्या बताएका थिए । यसै गरी टोलिले जिल्ला प्रहरी कार्यालयको अनुगमनको क्रममा प्रहरी ब्यारेकको दुरा अवस्था देखिएको र प्रहरीले समेत प्रहरीको मानवअवस्थाका बारे बोलि दिन समेत आग्रह गरेका थिए । अनुगमनमा राष्ट्रिय मानवअधिकार आयोगका माननीय सदस्य गोविन्द शर्मा पौडेल, केन्द्रिय कार्यालयका सुर्य देउजा ,उप क्षेत्रिय कार्यालय बुटवलका प्रमुख दिपकजगं कार्की ,इन्सेक जिल्ला प्रतिनिधि नन्दराम पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खडका लगाएतको सहभागी रहेको थियो । यसैगरि टोलीले आज जिल्लाका बिभिन्न निकाय तथा क्षेत्रको निरिक्षण तथा अनुगमन गरेको छ । अनुगमनको क्रममा वडा प्रहरी कार्यालय चन्द्रौटामा ब्यारेक भित्र ९ जना प्रहरी जवान तास खेलिरहेको अवस्थामा फेला पारेको, जवाभारी स्थित महालक्ष्मी सुगर मिलभित्र कार्यरत श्रमिकको अवस्था नाजुक रहेको तथा जोखिमपुर्ण कार्य गरेको, बहादुरगंजस्थित अस्पतालमा नियमित रुपमा प्रभावकारी सेवा प्रवाह नभएको इन्सेक जिल्ला प्रतिनिधि नन्दराम पौडेलले बताउनुभयो । जिल्लाको बैदेशिक सिमा नाकाको पनि अनुगमन गरिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्