मानव अधिकार मैत्री संविधान निर्माण्ँ हुनु पर्नेमा जोड ।।
Advertise Here Book Now



दिलिप कुमार यादव । कपिलवस्तु फागुन १
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले मानव अधिकार मैत्री संविधान निर्माण्ँ हुनु पर्नेमा जोड दिनुभएको छ । राष्टीय मानव अधिकार आयोग ललितपुरले आज तौलिहवामा आयोजना गरेको राष्ट्रिय मानव अधिकार कार्ययोजना र नेपालको बिश्वब्यापी आवधिक समिक्षाको कार्यान्वयन अवस्था परामर्श गोष्ठिमा बोल्दै पौडेलले मानवअधिकारमैत्री संविधान नबन्दा सम्म मानव अधिकारको सम्मान हुन नसक्ने भन्दै मानव अधिकार मैत्री संविधान बन्नु पर्नेमा जोड दिएका हुन हो । आम नागरिकको अधिकारको रÔाको लागि मानवअधिकार सम्बन्धी शिक्षा  दिनुपर्ने चर्चा गर्दै आयोगका सदस्य पौडेलले आगामी दिनमा प्रत्यक घरघरमा मानवअधिकार पुर्याउने आयोगको लक्ष्य रहेको पनि बताए । प्रत्येक गाबिस सचिव र महिला स्वयंसेविकालाई मानवअधिकार तालिमको व्यवस्था गरिने चर्चा गर्दै उनले सबैको सहकार्य र समन्वयबाट मात्र मानवअधिकारको संरÔण्ँ हुन सक्ने बताए । कार्यक्रममा कपिलबस्तुका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्का , प्रहरी प्रमुख बिक्रम गुरुङ , स्थानीय विकास अधिकारी जगन्नाथ पन्त, शसस्त्र प्रहरि उपरिक्षक मधुकृष्ण गड्तौला, इन्सेक जिल्ला प्रतिनिधि नन्दराम पौडेल लगायतले बोलेका थिए । त्यस्तै मानवअधिकारकर्मी रबि ठाकुर, मीना परियार, ओमप्रकाश अर्याल, लगायत कार्यलय प्रमुखहरुले आ–आफ्ना विचार राखेका थिए । राष्ट«िय मानव अधिकार आयोगका सुर्य देउजाले अन्तराष्ट«िय सन्धि, महासन्धि र त्यसको कार्यान्वयन र राष्ट«िय मानव अधिकार आयोगको भुमिकाको बारेमा सहजिकरण्ँ गरिएको कार्यक्रम राष्ट«िय मानव अधिकार आयोग उपÔेत्रीय कार्यालय बुटवलका प्रमुख दिपकध्वज कार्कीको अध्यÔता, र राष्ट«िय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । साथै जनताले भोगचलन गर्ने मानवअधिकारको व्यवस्था गर्न सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताउदै गरिबी अशिÔा, महिला हिसां, बालबिबाह जातिय बिभेद जस्ता समस्याले समाजमा मानवअधिकारको संरÔण्ँ हुन नसकेको सहभागी अधिकांशले बिचार उल्लेख गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्