खाल्डोमा डुबेर सिरहामा एक नाबालिकाको मृत्यु
Advertise Here Book Now

सिरहा, २८ माघ । सिरहाको दक्षिणवर्ती इँटाटार–६ मा एक वर्षीया नाबालिकाको डुबेर मृत्यु भएको छ । स्थानीय रामसेवक पासवानकी एक वर्षीया छोरी पुष्पा पासवानको घरनजिकै रहेको ट्युबेलबाट खेर जाने पानी जम्मा गर्न बनाइएको खाल्डोमा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मृतक नाबालिकाको शवपरीक्षणका लागि जिल्ला अस्पताल सिरहा ल्याइएको छ । घरमा एक्लै छोडेर आमाबाबु खेतबारीको काममा निस्किएका बेला नाबालिका खेल्दै खाल्डोमा पुगेपछि डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  -esiraha

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्